क्रिस्टिन हरिला र तेन्जेन शेर्पा: कस्तो थियो १४ अग्ला हिमालका चुचुरा पुग्ने गति?
-
नेटिजन संवाददाता
- मंगलबार, २९ माघ, २०८१- १३:५५:००/ Tuesday 02-11-25
![](https://netizennepal.com/uploads/news/images/Tenjing-sharpa-and-Cristin-harila2023-09-04-04-01-29.jpeg)
काठमाडौँ । तेन्जेन लामा शेर्पा यति छिटोछिटो १४ अग्ला हिमालका चुचुरा पुगे कि उनलाई केही साताको आरामपछि नै 'बिना कामको फुर्सद' जस्तो लाग्न थालेको छ।
उनी नर्वेकी आरोही क्रिस्टिन हरिलाका गाइड हुन् र उनीसँगै तीनै १४ हिमाल सबैभन्दा छिटो चढ्ने एउटा दुर्लभ कीर्तिमानका साझेदार। हिमालय पर्वत शृङ्खाला अन्तर्गत चीन, नेपाल र पाकिस्तानका हिमालमा उनीहरू कहिले गाडीमा, कहिले हेलिकप्टरमा त कहिले हिँडेरै एउटा आधार शिविरदेखि अर्को आधार शिविर दौडादौडमा थिए।
किनकि उनीहरूले नेपाली मूलका ब्रिटिश आरोही निर्मल पुर्जाको कीर्तिमान त्यसको आधामा तोड्न सफल भए। 'फोर्टिन पीक'का रूपमा चिनिने यी १४ हिमाल हालसम्म ३ दर्जनभन्दा केही बढीले मात्र आरोहण गरेका छन्। ३८ वर्षीय हरिला अब उक्त सूचीका केही सीमित महिलामा मात्र पर्ने छैनन् उनी सूचीको अग्रपङ्क्तिमा रहनेछिन्।
एउटा अग्लो हिमालको चुचुरोमा पुग्दा समेत उनीहरूको ध्यान खुसी मनाउनेतिर नभई छिटो आधार शिविर झरेर अर्कोमा पुग्ने हुन्थ्यो, अर्कोमा पुग्दा फेरि त्यस्तै अर्को लक्ष्यको हुटहुटी। तीन महिनाको (९२ दिन) अन्त्यमा केटू हिमाल चढेर आधार शिविर ओर्लिएपछि लगातार २ दिन सुतेर आराम गरेको उनी बताउँछन्।
उनीहरूले हिमाल चढेको समयको रफ्तार बुझ्ने एउटा मापदण्ड सगरमाथा चढ्न लागि लाग्ने समयसँगै तुलना गर्दा पनि थाहा हुन्छ। आरोहीहरू आधारशिविरमा मात्रै झण्डै २ महिना खर्चन्छन्।
८ हजार मिटर माथिका अग्ला हिमाल न त आफूले रहर गरेको समयमा नै चढ्न सकिन्छ। हरेक हिमालको चुचुरोाम पुग्न त्यहाँको हावापानी अनुकूलको छोटो समय अर्थात् 'समिट विन्डो' हुने गर्छ।
यी र यस्ता कैयन् असहजताबीच हरिलाका साथ यी नेपाली शेर्पाले जसरी ८ हजार मिटर माथिका संसारका १४ वटा अग्ला हिमालका आरोहण सम्पन्न गरे त्यसले मानवीय क्षमताको एउटा हदलाई अझ साँघुरो पारिदिएको भनेर संसारभरि विश्लेषण भइरहेको छ।
किनकि उनीहरूले नेपाली मूलका ब्रिटिश आरोही निर्मल पुर्जाको कीर्तिमान त्यसको आधामा तोड्न सफल भए। 'फोर्टिन पीक'का रूपमा चिनिने यी १४ हिमाल हालसम्म ३ दर्जनभन्दा केही बढीले मात्र आरोहण गरेका छन्। ३८ वर्षीय हरिला अब उक्त सूचीका केही सीमित महिलामा मात्र पर्ने छैनन् उनी सूचीको अग्रपङ्क्तिमा रहनेछिन्।
आरोहणमा आउनुअघि 'क्रसकन्ट्री स्किइङ'की सौखिन हरिलाले आफ्नो अभियान पूरा गरेपछि सञ्चारमाध्यमसँगको कुराकानीमा '८ हजार माथिका हिमाल अब आफूलाई पुगेको' भन्दै सामान्य जीवन बिताउन व्यग्र रहेको' बताइरहिन्।
यता झरी पर्दै गरेको अगस्ट मध्यतिरको एक दिन यी ३४ वर्षीय शेर्पाले २ पटक तिनै १४ वटा हिमालको आरोहण पूरा गर्ने योजना बुनिरहेका थिए। किनकि अब उनलाई घर बसाइ पट्यार लाग्न थालेको छ। सहरका सञ्चारमाध्यमलाई उही कुरा बारम्बार दोहोर्याएर र सेल्फी खिच्न आउने प्रशंसकहरूसँग बारम्बार मुस्काएर पोज दिने व्यस्तताबाट उनीलाई बिस्तारै फुर्सद हुन थालेको छ।
"काम नै छैन, खायो बस्यो," हालखबर सोध्दा उनले भने। उनले अब ५ हिमाल चढ्दा 'फोर्टिन पीक' दोहोरिनेछ। १४ अग्ला हिमाल दोहोर्याएर चढ्ने कीर्तिमान हाल नेपाली सानु शेर्पाको नाममा मात्र छ। तर तेन्जेनले आउँदा केही वर्ष नै लगाएर आफ्नो नयाँ लक्ष्य पूरा गरे भने पनि 'फोर्टिन पीक' दोहोर्याउने उनी कान्छा आरोही बन्न सक्छन्।
"९२ दिनको भाग लगाउँदा हामीले त लगभग एउटा हिमालमा साढे ६ दिन बिताएका रहेछौँ," तेन्जेनले भने। "तर हाम्रो नियम एउटा हिमालमा जाँदा पहिलो दिन नै क्याम्प टू पुगेर बास बस्ने, दोस्रो दिन सिधै माथितिर लाग्ने र तेस्रो दिनमा समिट पुगेर बेसक्याम्प नै झर्ने थियो। धेरैमा हामीले त्यही नै गर्यौँ।"
तुलना
२ वर्षअघि निर्मल पुर्जाले १८९ दिनमा यो कीर्तिमान बनाउँदा त्यसको चर्चा यसैगरी भएको थियो। पुर्जाले ७ वर्षभन्दा धेरै समय लगाएर १० वर्षअघि एक दक्षिण कोरियाली आरोही चाङ होले बनाएको कीर्तिमानलाई ७ महिना पनि नलगाई तोडेका थिए।
त्यसबेला उक्त सफलतालाई राइनहोल्ड मेस्नरसँग तुलना गरिएको थियो र त्यो समय निकै छिटो भएको भन्दै चर्चा गरिएको थियो। मेस्नरका लागि फोर्टिन पीक पूरा हुन १६ वर्ष लागेको थियो। यद्यपि, क्रिस्टिन, तेन्जेन, निम्स, चाङ सबैले चल्तीकै बाटोमा अतिरिक्त अक्सिजन लिँदै यस्तो अभियान पूरा गरेका थिए।
मेस्नरका हकमा भने उनले कतै नयाँ बाटो, कतै एक्लै र सबै अक्सिजनबिना पूरा गरेका थिए। मेस्नरले फोर्टिन पीकको यात्रा सुरु गरेको सन् १९७० को दशकमा नेपालमा व्यावसायिक आरोहण नै सुरु भएको थिएन भने हिमालमा अनुमति दिने सरकारी नियमसमेत कडा थियो।
"९२ दिनको भाग लगाउँदा हामीले त लगभग एउटा हिमालमा साढे ६ दिन बिताएका रहेछौँ," तेन्जेनले भने। "तर हाम्रो नियम एउटा हिमालमा जाँदा पहिलो दिन नै क्याम्प टू पुगेर बास बस्ने, दोस्रो दिन सिधै माथितिर लाग्ने र तेस्रो दिनमा समिट पुगेर बेसक्याम्प नै झर्ने थियो। धेरैमा हामीले त्यही नै गर्यौँ।"
धेरै पटक उनीहरू रातभर पनि आरोहणमै हुन्थे। बिहान ३ बजेतिर सगरमाथाको चुचुरो पुगेका उनीहरूले त्यसको ८ घण्टापछि ल्होत्सेको सफल आरोहणको कीर्तिमान बनाएका छन्।
भाग्यले जुराएको कीर्तिमान
क्रिस्टिन हरिलाले सन् २०२२ मा नै निर्मल पुर्जाको कीर्तिमान तोड्ने गरी आफ्नो आरोहणलाई तीव्रता दिएकी थिइन्। तर उनले ५ महिनामै (१४९ दिनमै) १४ मध्ये १२ हिमाल चढे तापनि चोयु र सिशापाङ्मा हिमाल चढ्नका लागि कोभिड महामारीलाई कारण भन्दै चीनबाट भिसा पाइनन्। र, यो वर्ष फेरि नयाँ शिराबाट आरोहण अभियान दोहोर्याएकी थिइन्।
"म गएर पनि दाइलाई फिर्ता ल्याउन सक्दिनँ भन्ने सोचेँ र [क्रिस्टिन] दिदीलाई हिमाल चढाउन लागेँ। त्यसपछि धवलागिरि चढ्दा घरमा बरखी (काजकिरिया) चलिरहेको थियो। मैले हिमालबाटै अपडेट लिन्थेँ।" कतै साहसको प्रस्तुति त कतै जिम्मेवारीको भार त कतै भाग्यको साथले अन्ततः तेन्जेनले उनीसँगको 'दुर्लभ' कीर्तिमान साझेदारी गर्न सके।
त्यसबेला हरिला बेग्लै कम्पनीबाट अन्य २ शेर्पाहरूका साथमा थिइन्। यस वर्ष हरिलाले आफ्नो आरोहण कम्पनीसमेत परिवर्तन गरिन् र उनका शेर्पाहरूसमेत फेरिए। उनले यस वर्ष सुरु नै ८ हजार मिटर माथिको १४औँ हिमाल शिसापाङ्मा हिमाल चढेर गरिन् जतिखेर तेन्जेनले प्रतिकूल अवस्थाबीच डोरी टाँग्ने काम गरेका थिए।
"शिसापाङ्मामा बाटो बनाउँदा डोरी अलिकति पुगेको थिएन। तर पनि मैले सबथोक गरेर चढ्न मद्दत गरेँ," हरिलाले आफ्नो वेबसाइटमा 'निकै नै लामो र कठिन' भनेको उक्त आरोहणबारे उनी भन्छन्। खासमा त्यसबेला तेन्जेन हरिलाको मुख्य गाइडका रूपमा तोकिएका थिएनन्। अर्का शेर्पाले त्यसबेला भिसा पाएका थिएनन्।
तिब्बततर्फबाटै चढिने अर्को हिमाल चोयुमा समेत 'ज्यान फालेर' काम गरेको देखेकी उनले काठमाण्डू फर्केर उनलाई नै सबै हिमालमा आफ्नो गाइड बनाउने बताइन्। तिब्बतपछि नेपालमा रहेका हिमाल चढ्ने क्रममा जब धवलागिरिको पालो आयो तब तेन्जेनले त्यसमा 'यसपालि म नचढौँ होला' भने।
"क्रिस्टिन दिदीको पैसा खर्च भएको थियो, उनकै प्रोजेक्ट थियो, त्यसैले रेकर्ड समेत उनको मात्र होस भन्ने थियो मेरो मनमा," उनले सुनाए। तर हरिला र सेभेन समिट ट्रेक्सका आरोहण सञ्चालकहरूले छलफल गरेर तेन्जेनलाई त्यस अभियानबाहिर राख्ने जोखिम उठाउन चाहेनन्।
रफ्तारले आरोहण चलिरहेका बेला जतिखेर उनी कञ्चनजङ्गामा थिए, त्यसबेलै सगरमाथामा क्याम्प फोर नजिकै उनका दाइको मृत्यु भएको खबर आयो।शारीरिक र मानसिकरूपमा बलियो हुनुपर्ने बेला उनी मध्य हिमालमा शोकमा परे। घर फर्कन खोजिरहेका उनलाई हरिलाले नजान आग्रह गरिन्।
"म गएर पनि दाइलाई फिर्ता ल्याउन सक्दिनँ भन्ने सोचेँ र [क्रिस्टिन] दिदीलाई हिमाल चढाउन लागेँ। त्यसपछि धवलागिरि चढ्दा घरमा बरखी (काजकिरिया) चलिरहेको थियो। मैले हिमालबाटै अपडेट लिन्थेँ।" कतै साहसको प्रस्तुति त कतै जिम्मेवारीको भार त कतै भाग्यको साथले अन्ततः तेन्जेनले उनीसँगको 'दुर्लभ' कीर्तिमान साझेदारी गर्न सके।
गोठालो र खेतीपाती गरेकै भर
सङ्खुवासभाको मकालु क्षेत्रमा तेन्जेनको गाउँ याङ्ला छ। गाउँमा खेती किसानी गरिरहेका उनलाई ‘काम चाहियो’ भनेपछि ९ वर्षअघि त्यहीँ मूल घर भएका हाल उनको आरोहण कम्पनीका प्रमुखले उनलाई काठमाण्डु ल्याएका थिए।
"१० वर्ष पुगेपछि भैँसीहरू हेर्न थालेँ। १३ वटासम्म भैँसी थिए हाम्रा। लेकका गोठमा एक्लै बस्थेँ," गोठालो गरेका किशोरावस्थाका दिन सम्झँदै उनी भन्छन्। "लेकमा भए पनि गोठमा कामले फुर्सदै हुन्नथ्यो, सानोतिना कामहरू भइरहन्थ्यो। त्यही बेला नै मेरो हिमाल चढ्ने ट्रेनिङ भयो होला। "
पर्वतारोहण सञ्चालन गर्ने कम्पनीमा काम गर्न राजधानी आइपुगेका उनसँग सीप भने गोठालो र खेती किसानी गरेको मात्र थियो। पर्वतारोहणको अरू कुनै तालिम नलिएका उनलाई आफ्नो त्यही अनुभव हिमाल चढ्न काम लागेको उनी ठान्छन्। एक घण्टामा स्कुल पुगिने भए पनि उनी पढ्न गएनन्। बरु लामा बन्न गुम्बामा पठाइए।
लामाको पढाइ वर्षमा एक साताका लागि हुन्थ्यो र अर्को वर्ष त्यसैगरी दोहोरिन्थ्यो। "त्यसरी त पढेको पनि बिर्सिँदो रै'छ। पढे नपढेको केही थाहा भएन," ५-७ वर्ष त्यसको पढाइ गरे पनि आफूले लामाको काम सिक्न नसकेको उनी सुनाउँछन्। तर पनि गाउँलेहरू लामा भनेर बोलाउँथे। पूजाआजामा बोलाएर दक्षिणा दिन्थे। तर उनलाई मन्त्रहरू प्रस्ट आउँदैनथ्यो।
"त्यसरी दक्षिणा लिनु पाप गरेझैँ लाग्यो र मैले लामाको काम गरिनँ।" बरु १० वर्षको उमेरसमेत नपुग्दै उनमा घर व्यवहारका जिम्मेवारी आइलाग्यो। उनका बुवाको सङ्क्रमणका कारण बिग्रिएको एउटा आँखा काठमाण्डू उपचार गर्न ल्याउँदा अर्कोको समेत ज्योति गयो। त्यस बेला उनका दाजुहरू विदेशमा थिए।
"आँखा बनाएर बुवा आउनुहोला भन्ने सोचेको त अर्को आँखा पनि बन्द भएर आउनुभयो। डाक्टरले के गरे खै! त्यस्तो," सानै बेलाको भए पनि बुवाले आँखाको दृष्टि गुमाएर आएको त्यो क्षण उनलाई अझै सम्झना छ। सानै भएकाले सुरुमा उनले बाख्रा मात्र हेर्ने, सोतर सोर्ने गर्थे।
"१० वर्ष पुगेपछि भैँसीहरू हेर्न थालेँ। १३ वटासम्म भैँसी थिए हाम्रा। लेकका गोठमा एक्लै बस्थेँ," गोठालो गरेका किशोरावस्थाका दिन सम्झँदै उनी भन्छन्। "लेकमा भए पनि गोठमा कामले फुर्सदै हुन्नथ्यो, सानोतिना कामहरू भइरहन्थ्यो। त्यही बेला नै मेरो हिमाल चढ्ने ट्रेनिङ भयो होला। "
१६ वर्षको उमेरमा परिवारबाट छुट्टिएपछि भने उनी खेतीपातीमा लागे। कोदो, मकै, अलैँचीको खेती गर्थे। वर्षमा एक-डेढ लाख आम्दानी गर्थे। कुनै वर्ष मौसमले साथ नदिँदा त्यै पनि हात पर्दैनथ्यो।
"गाउँमा ज्याला नै गरे पनि दिनको अढाई सय कमाइन्थ्यो, हिमाल चढ्दा दिनको हजार रुपैयाँ पाइन्थ्यो, समिट बोनस पनि हुन्थ्यो," उनी दुःख गरेर पनि आम्दानी नहुने भन्दै 'खेतीपाती भन्दा हिमाल चढ्न सजिलो' भएको बताउँछन्।
सफलता
३१ जुलाईमा पाकिस्तानमा अवस्थित दोस्रो अग्लो हिमाल केटू आरोहणसँगै अन्ततः हरिलाले आफ्नो अभियान पूरा गरेकी छन् भने तेन्जेनले महत्त्वाकाङ्क्षी अभियानमा निर्विकल्प शेर्पा नै हुने भन्ने आफ्नो समुदायको साख जीवित राख्न सकेका छन्। अन्य साहसिक काममा जस्तै पुरुषहरूको दबदबा रहेको पर्वतारोहणमा हरिलाले आफूलाई पहिलो महिला मात्र नभई शीर्ष आरोहीका रूपमा समेट्न सकिन्।
"क्रिस्टिन दिदी पनि एकदमै फिट [तन्दुरुस्त] भएकै कारण यो सम्भव भएको हो। टेक्नीकल्ली पनि वहाँ निकै राम्रो भएकाले मैले कहिल्यै नचढेको हिमालमा पनि वहाँलाई राम्रोसँग साथ दिन सकेँ।"
फोर्टिन पीक पूरा भएपछि जारी गरेको विज्ञप्तिमा उनले यस अभियानले 'दृढ प्रतिबद्धता, सामूहिक भावना र पवित्र लगनशीलता'लाई प्रतिबिम्बित गर्ने र तेन्जेनसँगको सहकार्यले 'महान् उपलब्धिका लागि पर्वतारोहणमा सहकार्य, सीमाहीनता र संस्कृति'को प्रदर्शन गरेको लेखेकी छन्।
शेर्पामा बढ्ता निर्भर हुँदै पर्याप्त तयारीबिनै हिमालमा आरोहीका 'भीड' बढिरहेका बेला तेन्जेनले एउटा एक उत्तिकै सक्षम आरोहीको गाइड बन्न पाउनुलाई विशेष अवसर मान्छन्।
"क्रिस्टिन दिदी पनि एकदमै फिट [तन्दुरुस्त] भएकै कारण यो सम्भव भएको हो। टेक्नीकल्ली पनि वहाँ निकै राम्रो भएकाले मैले कहिल्यै नचढेको हिमालमा पनि वहाँलाई राम्रोसँग साथ दिन सकेँ।" बीबीसी।