बुधबारदेखि दाउन्ने खण्ड दैनिक ४ घण्टा बन्द
-
नेटिजन संवाददाता
- बुधबार, २७ चैत, २०८१- १४:५४:००/ Wednesday 04-09-25

काठमाडौं। नारायणगढ-बुटवल सडक योजनाले दाउन्ने खण्डमा बुधबार देखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ ।
नारायणगढ-बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड बुधबार बिहान ११ देखि अपराह्न ३ बजेसम्म बन्द हुनेछ ।
चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ । वैशाख १ गतेदेखि राति ११ देखि बिहान ५ बजेसम्म बाटो बन्द हुनेछ ।