पेट्रोलियम पदार्थको मूल्य घट्यो
-
नेटिजन संवाददाता
- बुधबार, ३२ असार, २०८२- ११:३२:००/ Wednesday 07-16-25

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार राति १२ बजेपछि घटेको मूल्य समायोजन भएको निगमको भनाइ छ ।
निगमका अनुसार पेट्रोलमा प्रति लिटर ५ रुपियाँ ३पैसा र मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपियाँ ३० पैसाले मूल्य घटेको हो । इण्डियन आइल कर्पोरेशनबाट मंगलबार मूल्य घटेर आएपछि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।