साउनको पहिलो सोमबार : देशभरका शिवालयमा भक्तजनको भीड
-
नेटिजन संवाददाता
- सोमबार, ५ श्रावण, २०८२- १२:०१:००/ Monday 07-21-25

काठमाडौं । साउन महिनाको पहिलो सोमबार अथार्त भगवान शिवको विशेष दिन रहेको छ । साउनको सोमबार पशुपतिसहित देशभरका शिव मन्दिरहरुमा श्रद्धालु भक्तजनको भीड लागेको छ। यस दिन विशेषगरी भगवान शिवको पूजा तथा आराधना गरिन्छ । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
भगवान् शिवको आराधनाका लागि विशेष मानिने यस महिनामा भक्तजनहरू हरियो चुरा, माला लगाउने, मेहन्दी लगाउने र व्रत बस्ने परम्परा पालना गर्दै मन्दिरहरुमा पूजा अर्चना गर्न पुग्छन् ।
साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाइन्छ ।