• मंगलबार, १ असोज, २०८१
  • १२:४०:२६

बादलमा रेल ! यी हुन विश्वका पाँच डरलाग्दा रेलमार्ग

काठमाडौँ । विश्वमा यस्ता डरलाग्दा र खतरनाक रेलमार्ग छन जहाँबाट यात्रा गर्ने सास रोकिन्छ, अनि मुटु नै चिसो हुन्छ। आज हामी तिनै ५ रेलमार्गका बारेमा बताउन जाँदैछौ,  जुन निकै खतरनाक छ

यी हुन् विश्वका खतरनाक रेलमार्ग

कुरान्दा स्केनिक रेलमार्ग

अष्ट्रेलियाको कुरान्दा स्केनिक रेलमार्गबाट यात्रा गर्दै गर्दा एकपटक त यात्रुको सास नै रोकिन्छ। रेल बेरन जर्ज नेशनल पार्क आउने जंगल हुँदै गुड्छ। यस मार्गमा हुदै जाँदा केहि मनमोहक झरनाहरु पनि देख्न सकिन्छ। यो उत्तरी क्विन्सल्याण्डस्थित विश्व सम्पदा सुचिमा सुचिकृत वर्षा वन हुँदै गुड्ने गर्छ।

आसो मिनामी

जापानको आसो मिनासी रेलमार्ग यस्तो क्षेत्रबाट गुड्छ जहाँ ज्वालामुखीको मुख छ । यस मार्ग हुँदै यात्रा गर्दै गर्दा कतिबेला ज्वालामुखी बिष्फोटन हुन्छ कसैलाई थाहा हुँदैन। यस रेलमार्गबाट यात्रा गर्दै गर्दा ज्वालामुखीको लाबाले जलेका रुखहरु देख्न सकिन्छ।

चेन्नई-रामेश्वरम रेलमार्ग

भारतको चेन्नाई-रामेश्वरम रेलमार्गको लम्बाई २ किलोमिटरभन्दा बढी छ। समुन्द्रमा बनेको यस पुलको निर्माण सन् २०१४ मा भएको हो। यस पुलबाट यात्रा गर्दा केहि समय जमिनको सतह नभई समुन्द्रको पानी नै पानी देखिन्छ। यो रेलमार्गमा देख्नमा जति राम्रो छ त्यति नै खतरनाक पनि छ।

‘द डेथ रेलवे’

यो रेलमार्ग म्यान्मारको सिमाबाट नजिकै थाईल्याण्डको कन्चनबुरी प्रान्तमा अवस्थित छ। दोस्रो विश्वयुद्धताका जापानीहरुले बनाएका यस रेलमार्गमा अंग्रेज र ब्रिटिश गरि झन्डै बने, तब डेढ सय बढी मानिसले ज्यान गुमाए। यो रेलमार्ग नदीको किनाको हराभरा घना जंगल हुँदै चल्ने गर्छ।

ट्रेन ए लस न्यूब्स

अर्जेन्टिनाको ‘ट्रेन ए लस न्यूब्स’ रेलमार्ग निर्माण सम्पन्न गर्नलाई मात्र २७ वर्ष लागेको थियो। यो विश्वको सबैभन्दा खतरनाक रेलमार्ग मध्येको एक हो। यो रेलमार्ग बादल माथि माथिबाट चल्छ । यो मार्गमा २१ सुरुङ र १३ ओटा एक समान उचाईका पुल रहेका छन। एजेन्सी।