• बुधबार, २४ जेठ, २०८०
  • ०१:४३:४८

पहिरोमा परि १२ महिला कामदारको मृत्यु

  • Netizen Nepal
  • शुक्रबार, १६ बैशाख, २०७९- १५:१५:००/ Friday 04-29-22

नेटिजन संवाददाता 

काठमाडौँ, १६ बैशाख। इन्डोनेसियाको उत्तरी भागमा पर्ने सुमात्रा प्रान्तमा बिहीबार दिउँसो पहिरोमा परी सुन खानीमा काम गर्ने बाह्र जना महिला कामदारको मृत्यु भएको छ । अवैधानिक रुपमा सञ्चालन हुदै आएको सुन खानीमा काम गर्ने कम्तीमा १२ जना महिलाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जानकारी दिएका छन् ।

मण्डैलिङ नाताल क्षेत्रको बन्दर लिमाबुङ गाउँमा पहिरो जानुअघि अवैध सुन खानीमा केही व्यक्ति काम गरिरहेका थिए । अचानक चट्टानको एक भाग भत्किएको र यसमा परी खानीमा काम गरिरहेका महिलाहरु मारिएका जिल्ला प्रहरी प्रमुख रजा चेरुलले स्थानीय सञ्चारमाध्यमलाई बताउनु भएको छ । 

दुर्घटनाको छानबिन भइरहेको पनि उहाँँले जानकारी दिनुभएको छ । खानीमा काम कुल  १४ जना पहिरोमा गाडिएका थिए ।  ती मध्ये  दुईजना बाँचेका र मृतकहरुलाई प्रहरीले उद्धार गरी परिवारलाई फिर्ता गरेको जनाइएको छ  । बिना इजाजतपत्र खानीहरु सञ्चालन गर्ने पुरातात्विक देशहरुमा सामान्य छन् र विगतका वर्षहरूमा धेरै दुर्घटनाहरू भएका छन् । 

गतवर्ष मध्य प्रान्तमा सुलावेसी अवैधानीक रुपमा सञ्चालन भएको सुन खानीमा गएको पहिरोमा परी ६ जना कामदारको मृत्यु भएको थियो ।