• शनिबार, १५ बैशाख, २०८१
  • ०५:५२:३३

न्यु मेक्सिकोमा भीषण आगलागी, ९७ हजार एकड क्षेत्रफलमा फैलियो

  • Netizen Nepal
  • आइतबार, १८ बैशाख, २०७९- १२:१७:००/ Sunday 05-01-22

नेटिजन संवाददाता

काठमाडौँ, १८ वैशाख। संयुक्त राज्य अमेरिकाको न्यु मेक्सिको राज्यमा भीषण डढेलो फैलिँदै गएको छ  । यसअघि नै ९७,००० एकड क्षेत्रफलमा डढेलो फैलिसकेको राज्यका अग्नि अधिकारीहरूले बताएका छन्।

"सो क्षेत्रभरि हावाको गतिले तीव्र गतिमा आगो लस भेगास तर्फ पूर्व र ग्यालिनास क्यान्यनमा दक्षिणतिर फैलिएको थियो। हावाको तीव्रप्रवाहले आगलागी  अनुमान भन्दा छिटो भैलिरहेको बताइएको छ। 

यो तीव्रता आज पनि जारी रहनेछ," सान्ता फे नेसनल फरेस्ट (SFNF) का आगो प्रबन्धकहरूले काफ क्यान्यन र हर्मिट्स पीकमा शनिबार उल्लेख गरेका छन् । डढेलोले ९७ हजार ६४ एकड जमिन जलेको बताइएको छ।

विगत २४ घण्टामा ३० हजार एकड क्षेत्रफलमा फैलिएको आगो  नियन्त्रणमा ल्याउन अहिले १ हजार २० जना अग्निनियन्त्रक आगो निभाउने काममा जुटेका छन् ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार न्यु मेक्सिकोका केही भागमा मानिसहरूलाई सम्भावित खतरनाक ठाउँ छाड्न आदेश जारी गरिएको छ। एजेन्सी