• बिहीबार, १३ बैशाख, २०८१
  • ०५:५७:५५

सगरमाथाको ६,५०० मिटर उचाईमा कन्सर्ट गरेर राजु लामाले राखे विश्व कीर्तिमानी !

  • Netizen Nepal
  • मंगलबार, २० बैशाख, २०७९- १६:१९:००/ Tuesday 05-03-22

नेटिजन संवाददाता 
काठमाडौँ, २० वैशाख। गायक राजु लामाले सगरमाथा क्षेत्रमा ६ हजार ५ सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेर विश्व कीर्तिमानी राख्नुभएको छ। 

यसअघि बेलायती गायक ओज बेल्डोनले सन् २०१२ मे १६ तारिखमा मेरापिक हिमालको ६ हजार चार सय ७६ मिटर उचाइमा कन्सर्ट गरेर राखेको रेकर्डलाई तोड्दै गायक लामाले नयाँ कीर्तिमान राख्नुभएको छ।

उहाँको यो कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम बनेको छ। जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक राजु लामाले सगरमाथाको क्याम्प-३ मा पुगेर गीत गाउनु भएको हो। 

लामाले आफ्नो सार्वजनिक नै नभएको 'हिमालले डाक्यो मलाई' बोलको नयाँ गीतमा प्रस्तुति दिनुभएको छ। यसबाहेक उहाँले मंगोलियन हार्ट ब्यान्डका चर्चित गीतहरू पनि गाउनु भएको थियो। 

'६५ सय मिटरभन्दा माथिको उचाइमा गीत गाउन सजिलो छैन,' गायक लामाले सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ पोस्ट गर्दै लेख्नु भएको छ, ‘तर मलाई त्यहाँको पातलो हावा र चुनौती मन पर्‍यो। हाम्रो उद्देश्य जलवायु परिवर्तन र दैनिक जीवनमा विश्वभरी यसको प्रभावबारे सचेतनाको सन्देश दिनु हो।'

 
सगरमाथामा कन्सर्ट

चर्चित गायक राजु लामाले सगरमाथा क्षेत्रमा ६,५७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका छन्। त्यति उचाइमा साङ्गीतिक कार्यक्रम गर्न सहज नभए पनि जलवायु परिवर्तनको सन्देश दिन आफूले त्यसो गरेको उनले बताए। लामा अहिले सगरमाथा आरोहण अभियानमा छन्। भिडिओ स्टोरी: सृजना श्रेष्ठ

Posted by BBC News नेपाली on Monday, May 2, 2022