• बुधबार, १२ बैशाख, २०८१
  • ०६:०९:२०

बिरालोलाई लात्तीले हानेर समुन्द्रमा खसाल्नेलाई १० वर्षको कैद !

  • Netizen Nepal
  • बुधबार, २१ बैशाख, २०७९- १६:३०:००/ Wednesday 05-04-22

नेटिजन नेपाल 
काठमाडौँ, २१ वैशाख। ग्रीसमा बिरालोको बच्चालाई लात हानेर समुन्द्रमा फाल्ने एक व्यक्तिलाई १० वर्षको जेल सजाय सुनाइएको छ । पशु दुर्व्यवहारको आरोप लागेर दोषी ठहर भएका उनलाई त्यहाँको अदालतले १० वर्ष जेल सजाय र ५० हजार युरो जरिवाना सुनाएको हो ।

पशुमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि दोषीलाइ पक्राउ गरिएको थियो । ग्रीसका प्रहरी मामिला मन्त्रीले ‘जन्तु विरुद्धको हिंसा अस्वीकार्य’ भन्दै कारबाहीको चेतावनी दिएका थिए ।

इभिया टापुको समुद्री किनारको रेस्टुरेन्टमा तीन जना खाइरहेका बेला दुई ओटा बिरालाका बच्चा उनीहरू नजिकै आएर खानेकुरा मागेका थिए । तीमध्ये एक जनाले एउटा माछोलाई झुन्डाएर बिरालोलाई नजिक आउन लोभ्याउँछ । जब बिरालो छेउमा आउछ, अर्का व्यक्तिले बिरालोलाई लात्तीले हानेर समुद्री किनारमा खसालिदिएका थिए ।