• शुक्रबार, १४ बैशाख, २०८१
  • ०९:०८:२३

सिंह भनेर खोज्न जाँदा झाडीमा झोला भेटिएपछि ...

  • Netizen Nepal
  • शुक्रबार, २३ बैशाख, २०७९- १६:०४:००/ Friday 05-06-22

नेटिजन संवाददाता 
काठमाडौँ, २३ वैशाख। केन्याको एउटा राष्ट्रिय निकुञ्जनजिकै अवस्थित गाउँमा एउटा सिंह देखा परेको सूचना पाएपछि सो ठाउँमा आवश्यक कारबाही गर्न तीनजना सशस्त्र वनरक्षक पुगे। तर त्यहाँ झाडीमा सिंह नभई सिंहको टाउको छापिएको एउटा झोला फेला पर्दा उनीहरू चकित भए।

माउन्ट केन्या राष्ट्रिय निकुञ्जबाट एक किलोमिटर पर किन्याना गाउँमा एउटा कृषि फार्ममा काम गर्ने एक व्यक्तिले आफ्ना रोजगारदाताको घरबाहिर आफूले एउटा सिंह देखेको सूचना दिएका थिए। सिंहको टाउको अङ्कित त्यो झोला घरमालिक्नीले घरबाहिर जग्गा घेर्ने झाडीमा राखेको पत्ता लागेको छ।

त्यसभित्र उनले एभोकाडोका बेर्ना राखेकी थिइन्। उक्त इलाकामा घुमुवा सिंह देखिएको कुरा केही समयदेखि थाहा नभएको भए पनि स्थानीयवासीले आफ्ना बस्तुभाउ हराएको गुनासो गरेको थिए।