• बुधबार, १२ बैशाख, २०८१
  • १०:०८:४९

मिथुन चक्रवर्ती अस्पताल भर्ना

  • Netizen Nepal
  • आइतबार, २५ बैशाख, २०७९- ११:२३:००/ Sunday 05-08-22

नेटिजन संवाददाता 
काठमाडाैँ, २५ वैशाख। बलिउडका अभिनेता मिथुन चक्रवर्तीका फ्यानहरु अभिनेताको तस्विरका कारण निकै दुखी छन् । अस्पतालको बेडमा सुतेको अभिनेताको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि अभिनेताको स्वास्थ्यलाई लिएर विभिन्न हल्लाहरु पनि उडिरहेका छन् ।

अस्पतालबाट मिथुनको तस्विर विभिन्न प्लेटफर्ममा शेयर भइरहेको छ । मिथुनका छोरा मिमोह चक्रवर्तीले अहिले अभिनेताको स्वास्थ्यको बारेमा जानकारी दिएका छन् ।

उनले भने, 'मिथुन चक्रवर्तीलाई मिर्गौलामा पत्थरीको समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । भाइरल तस्बिर अस्पतालकै हो, जसमा उनी बेहोश अवस्थामा बेडमा पल्टिएका देखिन्छन् । तर अहिले अभिनेताको स्वास्थ्य पूर्णरुपमा ठीक छ र उनलाई बैंगलोरको अस्पतालबाट डिस्चार्ज पनि गरिएको छ । उनी पूर्ण रूपमा फिट र ठीक छन्।'

मिथुन चक्रवर्तीको स्वास्थ्य अपडेट आएपछि उनका लाखौं फ्यानले राहतको सास फेरेका छन् । सबैले कलाकारको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । एजेन्सी