• बिहीबार, १३ बैशाख, २०८१
  • ०९:३६:१७

जापानमा ६.१ म्याग्नीच्युडको भूकम्प

  • Netizen Nepal
  • सोमबार, २६ बैशाख, २०७९- १५:२८:००/ Monday 05-09-22

नेटिजन संवाददाता 

काठमाडौँ, २६ बैशाख। जापानमा भूकम्प गएको छ । देशको योङगाउनीमा सोमबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्टर (इएमएससी)ले स्थानीय समय अनुसार विहान ११.५३ बजे भूकम्प गएको हो ।   

भूकम्पका कारण भएको कुनै क्षतिको विवरण भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले जनाएका छन् । अहिले विवरण संकलनको काम भइरहेकाले थप विवरण पछि सार्वजनिक गरिने उनीहरुको भनाई छ । 

जापानमा बेला बेलामा यस्तै भूकम्प गइरहने गरेको छ ।