• शनिबार, ८ बैशाख, २०८१
  • ०६:४६:१०

सार्वजनिक सवारीको भाडा बढ्यो, बुधबारदेखि लागू हुने 

  • Netizen Nepal
  • मंगलबार, ३ जेठ, २०७९- १८:२०:००/ Tuesday 05-17-22

नेटिजन संवाददाता 
काठमाडौँ, ३ जेठ। सार्वजनिक सवारी साधनको भाडा फेरि वृद्धि भएको छ । बुधबारदेखि लागू हुनेगरी नयाँ भाडादर कायम गरिएको हो ।

यातायात व्यवस्था विभागले ५.१ प्रतिशतसम्म भाडा वृद्धि गरेको छ । विभागका अनुसार यात्रुवाहक सवारी साधनको मल्य ३.५ प्रतिशत बढाइएको छ । 

साथै, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ५.१ प्रतिशतले बढाइएको छ ।