• शुक्रबार, १४ बैशाख, २०८१
  • ११:१२:२७

४ सय ५ स्थानीय तहको नतिजा आउदा कसले कति जिते ?

  • Netizen Nepal
  • बुधबार, ४ जेठ, २०७९- ०६:३६:००/ Wednesday 05-18-22

नेटिजन सम्बाददाता

काठमाडौँ,४ जेठ।   देशभरका ७ सय ५३ स्थानिय तहमध्ये आधाभन्दा बढी पालिकाको मतगणना सकिएको छ । बुधबार बिहान ६ बजेसम्मको परिणामअनुसार ४०५ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । गणना भएका मध्ये  सबै भन्दा बढी १ सय ८५ पालिका जितेर कांग्रेस पहिलो बनेको छ।   १ सय १५ स्थान  जितेर एमाले दोस्रो  बनेको छ भने माओवादी केन्द्रले ८२ स्थान जितेर तेश्रो बनेको छ।  यस्तै नेकपा (एकीकृत समाजवादी) ले ६, जनता समाजवादी पार्टीले ५ स्थानमा प्रमुख पद जितेका छन्।  अन्यले १२ पालिकामा जित हासिल गरेका छन् ।

गणना बाँकी रहेका पालिकाहरुमा  कांग्रेसले  १ सय २९ पालिकाको प्रमुख पदमा , एमाले ८३, माओवादी केन्द्र ३३ स्थानमा अगाडि छन् । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत वैशाख ३० गते मतदान भएको थियो । देशभरका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता मध्ये ६४ प्रतिशत अर्थात लगभग १ करोड १३ लाख ले आफ्नो मताधिकारको प्रयोग गरेका छन् । निर्वाचनमा सहभागी ६५ राजनीतिक दलहरुबाट ३५ हजार २ सय २१ जनप्रतिनिधि चुनिने छन् । ७५३ स्थानीय तह मध्ये  ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका र ४६० गाउँपालिका छन्।