हावाहुरीका कारण उपल्लो डोल्पाबाट मतपेटिका ल्याउन समस्या
- Netizen Nepal
- सोमबार, ५ मङ्सिर, २०७९- १८:३६:००/ Monday 11-21-22
नेटिजन संवाददाता
काठमाडौँ, ५ मङ्सिर । डोल्पाका आठवटा स्थानीय तहमध्ये दुईवटा स्थानीय तहको मतपेटिकामात्र सदरमुकाम पुगेको छ । जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका मतपेटिकामात्र सदरमुकाम पु¥याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सदरमुकामदेखि एक दिन लाग्ने तल्लो डोल्पाका जगदुल्ला र मुड्केचुला गाउँपालिकाका मतपेटिका भोलि बिहान मात्र सदरमुकाम पुग्ने बताइएको छ ।
बाइसमध्ये १९ ठाउँ अझै बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाका प्रमुख रामबहादुर सार्कीले जानकारी दिनुभयो । आज हावाहुरी बढी चलेका कारण मतपेटिका सदरमुकाम ल्याउन नसकिएको सार्कीको भनाइ छ ।
भौगोलिक रुपमा विकट भएकाले तीनवटै स्थानीय तहका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट ल्याइने व्यवस्था मिलाइएको छ । भारी हिमपात भएका कारण उपल्लो डोल्पाका मतपेटिका, कर्मचारी र सुरक्षाकर्मीहरु समेत हेलिकप्टरकै सहयोगमा उपल्लो डोल्पा पु¥याइएको थियो ।