• बुधबार, १२ बैशाख, २०८१
  • ०२:३८:४३

स्थानीय तह निर्वाचन : रेनु दाहाललाई १३ सय बढी मतको अग्रता

  • Netizen Nepal
  • बुधबार, ४ जेठ, २०७९- ०८:१५:००/ Wednesday 05-18-22

नेटिजन संवाददाता
काठमाडौं, ४ जेठ।  भरतपुर महानगरपालिकको मेयर पदमा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १ हजार ३४४ मतको अग्रता बनाएकी छन् ।

२६ हजार २६ मत गनिसक्दा दाहालले ९ हजार ३६३ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले ८ हजार १९ मत ल्याएका छन् । नेपाली काँग्रेसबाट बागी उम्मेदवार नेका जगन्नाथ पौडेलले ४ हजार १९१ मत ल्याएका छन् ।

भरतपुरमा (२६०२६) जम्मा मतगणना
रेनु दाहाल: ९३६३
विजय सुवेदी:८०१९
जगन्नाथ पौडेल: ४१९१

उपमेयर: 
चित्रसेन अधिकारी- १११३६
हिमला गुरुङ-६५३५