• आइतबार, २९ असार, २०८२
  • १२:१४:३५

आजको मौसम : सातवटै प्रदेशमा वर्षाको सम्भावना

  • Netizen Nepal
  • बुधबार, ४ जेठ, २०७९- ०९:३७:००/ Wednesday 05-18-22

नेटिजन संवाददाता
काठमाडौं, ४ जेठ। आज बिहान वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।