• शुक्रबार, १४ बैशाख, २०८१
  • ०२:२२:२२

सिके राउतको पार्टी पहिलो पटक नगर प्रमुखमा बिजयी 

  • Netizen Nepal
  • बुधबार, ४ जेठ, २०७९- १२:३५:००/ Wednesday 05-18-22

नेटिजन संवाददाता 
काठमाडौँ, ४ जेठ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा सीके राउत नेतृत्वको जनमत पार्टीका वीरेन्द्र माझी निर्वाचित हुनुभएको छ । निवर्तमान मेयर शैलेशकुमार साहलाई पछाडि पार्दै माझी मेयरमा निर्वाचित हुनुभएको हो । माझीले ६ हजार ४ सय ७  मत प्राप्त गरी विजयी हुनुभएको थियो । निकटतम प्रतिद्वन्द्वी साहको पक्षमा ६ हजार २ सय ४६ मत खसेको थियो । 

यस्तै, हनुमाननगर कंकालिनीको उपमेयरमा जसपाकी सरितादेवी सिपलिया यादव दोहोरिनुभएको छ । ६ हजार ५ सय १२ मत प्राप्त गर्दै उहाँ उपमेयरमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी जनमत पार्टीकी रेखादेवी मण्डलले ५ हजार ९ सय ८२ मत प्राप्त गर्नुभयो । १४ वटा वडा रहेको हनुमाननगर कंकालिनी नगरपालिकाको ७ वडामा जसपा, ४ वडामा माओवादी केन्द्र २ वडामा जनमत पार्टी र एउटा वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।