• शुक्रबार, १४ बैशाख, २०८१
  • ११:११:०४

भारतीय गायक केकेको निधन 

  • Netizen Nepal
  • बुधबार, १८ जेठ, २०७९- १०:०७:००/ Wednesday 06-01-22

नेटिजन संवाददाता 
काठमाडौँ, १८ जेठ। भारतीय प्रसिद्ध गायक कृष्णकुमार कुन्नाथ(केके) को ५३ वर्षको उमेरमा निधन भएको छ। उहाँको कोलकातामा हृदयाघातका कारण निधन भएको हो।

कोलकाताको नजरुल मञ्चमा एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिने क्रममा उहाँको स्वास्थ्यमा समस्या देखिएको थियो। राति करिब साढे १० बजे कलकत्ता मेडिकल रिसर्च इन्स्टीट्युटमा पुर्याउने बित्तिकै डाक्टरले उनलाई मृत घोषित गरिदिएका थिए।

केकेको मृत्युको कारण हृदयघत नै भएको डाक्टरहरुले बताएका छन। उहाँले तमिल, तेलुगु,  कन्नड, मलयालम, मराठी र गुजराती फिल्ममा उनले थुप्रै गीतमा स्वर भर्नुभएको छ।

केकेका 'हम दिल दे चुके सनम' मा गाएको 'तडप तडप के इस दिल से', '‌ओम शान्ति ओम' मा गाएको 'आँखो मे तेरी' जस्ता गीत दर्शकमाझ लोकप्रिय छ।