• शनिबार, ८ बैशाख, २०८१
  • ०३:२२:२९

बेलायतमा तीस वर्षयताकै ठूलो रेल हडताल

  • Netizen Nepal
  • मंगलबार, ७ असार, २०७९- १६:४९:००/ Tuesday 06-21-22

नेटिजन संवाददाता 

काठमाडौँ, ७ असार। बेलायतमा रेलवे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल सुरु गरेका छन् । रेलका यात्रुको भीडले मङ्गलबार अराजकताको सामना गर्न सक्ने बताइएको छ ।

हडताल समाप्तीको लागि भएको वार्ता असफल भएको बताइएको छ । यसको अर्थ रेल युनियनका ५० हजारभन्दा बढी सदस्य यस हप्ता तीन दिनको लागि आफ्नु कामबाट बाहिरिका छन् । रेल र लन्डन भूमिगत स्टेशन मङ्गलबार बिहान बन्द, भएपछि  मानिसलाई घरबाट काम गर्न वा अफिसमा वैकल्पिक मार्ग खोज्न बाध्य भएको बताइएको छ ।

लन्डनको बाहिरी भागमा बिहान ०६ बजेपछि बस स्टेशनमा मानिसको भीड पर्खिरहेको थियो । यातायात सचिव ग्रान्ट शाप्सले यस हडतालको निन्दा गर्नुभएको छ । सन् १९७० को खराब पुराना दिनहरुको सम्झना पुन: आएको  उहाँले बताउनुभएको छ ।