• बिहीबार, १३ बैशाख, २०८१
  • ०४:१५:४७

अफगानिस्तान भूकम्प: मृतकको संख्या ९ सय नाघ्यो 

  • Netizen Nepal
  • बुधबार, ८ असार, २०७९- १८:१७:००/ Wednesday 06-22-22

नेटिजन संवाददाता 
काठमाडौँ, ८ असार। अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ९२० पुगेको छ। भने सयौं मानिसहरु घाइते भएका छन।

भूकम्पका कारण सयौँ घरहरू भत्किएको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन्।

भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको बताइएको छ। मध्यरातपछि भूकम्प आएको बेला धेरै मानिसहरू सुतिरहेका थिए।

अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प ६.१ म्याग्निट्यूडको थियो र ५१ किलोमिटर भित्र गएको थियो। केन्द्रबिन्दुभन्दा ५०० किलोमिटर टाढासम्म भूकम्पको तरङ्ग पुगेको बताइएको छ।

अफगानिस्तानबाहेक पाकिस्तान र भारतसम्म पनि उक्त भूकम्पको धक्का महसुस भएको युरोपेली भूकम्प मापन केन्द्र ईएमएससीले जनाएको समाचारसंस्था रोएटर्सले उल्लेख गरेको छ।

विगत एक दशकमा अफगानिस्तानमा भूकम्पमा परेर ७,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका प्रतिवेदनहरूमा उल्लेख छ। प्रत्येक वर्ष अफगानिस्तानमा भूकम्पका कारण सरदर ५६० जनाको मृत्यु हुने गरेको छ।