• सोमबार, १३ असार, २०७९
  • ११:२५:२७

बढ्यो सुनको मूल्य

  • Netizen Nepal
  • बिहीबार, ९ असार, २०७९- ११:१८:००/ Thursday 06-23-22

नेटिजन संवाददाता


काठमाडौँ, ९ असार। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९७ हजार ५०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ८०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ ।