• सोमबार, ३० श्रावण, २०७९
  • ०६:४४:५४

किरणले खेल मैदानमै राखे प्रेमिकालाई विवाहको प्रस्ताव  

  • Netizen Nepal
  • मंगलबार, १७ श्रावण, २०७९- १२:३०:००/ Tuesday 08-02-22

नेटिजन संवाददाता 
काठमाडौँ, १७ साउन। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेको खुसियाली मनाउने क्रममा प्रेमिकालाई विवाहको प्रस्ताव राखेका छन् ।


लिगको उत्कृष्ट गोलरक्षक समेत बनेका किरणले टोलीले उपाधिको खुसियाली मनाइरहँदा सबैको सामुन्ने प्रेमिका कञ्चन निरौलालाई विवाहको प्रस्ताव राखेका हुन् ।

किरण र कञ्चन लामो समयदेखि प्रेममा थिए । माल्दिभ्समा किरणले आफ्नो टोली माजिया स्पोर्टस एन्ड रिक्रियसनलाई लगातार तेस्रो सिजन च्याम्पियन बनाउन उच्च प्रदर्शन गरेका थिए । किरणले उत्कृष्ट गोलरक्षकको अवार्ड समेत जितेका छन् ।