• मंगलबार, ११ बैशाख, २०८१
  • ०४:४६:५३

कोइली नदीले बगाउँदा एकै परिवारका दुईजना बेपत्ता

  • Netizen Nepal
  • मंगलबार, १७ श्रावण, २०७९- १५:०७:००/ Tuesday 08-02-22

नेटिजन संवाददाता

काठमाडौँ, १७ साउन। कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको कोइली नदीले बगाउँदा एकै परिवारका दुईजना बेपत्ता भएका छन् । वाणगङ्गा नगरपालिका–७ बस्दै आएका वीरबहादुर सुनार र श्रीमती लक्ष्मी सुनार बेपत्ता भएका छन् । 

आज बिहान नदी तर्ने क्रममा उनीहरूलाई नदीको बहावले बगाएको हो । अहिले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको  छ । उनीहरूसँगै नदी तर्न लागेका छोरालाई भने स्थानीयवासीले उद्धार गर्न सफल भएका छन् ।