• आइतबार, २२ असार, २०८२
  • ०५:११:५६

कोइला खानी भत्किँदा नौ जना फसे

  • Netizen Nepal
  • बिहीबार, १९ श्रावण, २०७९- १४:१२:००/ Thursday 08-04-22

नेटिजन संवाददाता 
काठमाडौँ, १९ साउन। मेक्सिकोको उत्तरी राज्य कोआहुइलामा अवस्थित एक कोइला खानी नौ जना फसेका छन् । खानीमा कम्तीमा नै व्यक्ति फसेका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बुधबार जानकारी दिनु भएको छ ।

सबिनास सहरमा खानी भत्किँदा बाढी आएको र खानीमा काम गर्नेहरू फसेका लोपेज ओब्राडोरले ट्वीटकार्फत जानकारी दिनु भएको छ । ‘हामी उनीहरूलाई सुरक्षित भेट्टाउने आशा राखेका छौ ’ उहाँले भन्नु भएको छ । 

उद्धारकर्ताहरु घटनास्थलमा पुगेका छन् र अनुसन्धान भइरहेको छ । यस घटनाको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।