• शुक्रबार, १४ बैशाख, २०८१
  • ०१:१७:०१

यस्ता छन सिधे नुनका फाइदा 

  • Netizen Nepal
  • शुक्रबार, २० श्रावण, २०७९- १२:४०:००/ Friday 08-05-22

नेटिजन संवाददाता 
काठमाडौँ, २० साउन। सिधे नुनका बारेमा कमैलाई थाहा होला। सिधे नुनको सेवन गर्नाले हाम्रो शरिरलाई धेरै फाइदा गर्छ । सिधे नुनको रासायनिक नाम सोडियम क्लोराइड हो । 

यसमा ६५ प्रतिशत खनिज पाइन्छ । आयोडिनयुक्त नुन जस्तै सिधे नुन धेरैजसो व्रत बस्नेक्रममा प्रयोग हुनेगर्छ । यो प्रशोधन नगरिएको हुँदा यसमा रहेको पोषक तत्व जस्ताको तस्तै प्राप्त हुन्छ ।  

सिधे नुनका यस्ता छन् फाइदाहरु 

– उच्च रक्तचाप नियन्त्रित हुन्छ

– मुटुका रोगहरुबाट बचाउँछ 

– पाचन र तौल घटाउनका सहयोग पुर्याउने

– यसले पाचन रस बनाउने हुनाले कब्जियतबाट राहत पाउन मद्दत पुर्‍याउँछ 

– कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुर्‍याउँछ

– शरीरमा सेरोटोनिन र मेलाटोनिन हर्मोनको स्तर कायम गर्छ, तनाव कम गर्छ

– मांसपेशी दुखाई वा हड्डीहरूसम्बन्धी कुनै समस्या कम गर्छ

– हृदयघातको सम्भावना कम गर्छ 

– शरीरमा चिनीको मात्रा नियन्त्रण गरी मधुमेह हुनबाट बचाउँछ

– छाला र दन्त रोगहरूमा फाइदाजनक