• सोमबार, ३० श्रावण, २०७९
  • ०५:५७:४५

२४ घण्टामा ९ सय १२ जनामा कोरोना संक्रमण 

  • Netizen Nepal
  • शुक्रबार, २० श्रावण, २०७९- १८:१५:००/ Friday 08-05-22

नेटिजन संवाददाता 
काठमाडौँ, २० साउन । पछिल्लो २४ घण्टामा नौ सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार चार सय ९१ जनाको नमुना परीक्षण गर्दा नौ सय १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


यही अवधिमा तीन सय ७० जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । अहिले नेपालमा पाँच हजार सात सय ६० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएकाे विवरण प्राप्त भइनसकेको मन्त्रालयले जनाएको छ ।