विश्वमा एक मिनेटमा १६० जनाको मृत्यु, अरु केके हुन्छ?
- Netizen Nepal
- सोमबार, २७ भदौ, २०७९- १०:१८:००/ Monday 09-12-22

नेटिजन संवाददाता
काठमाडौँ, २७ भदौ। १ मिनेट अर्थात ६० सेकेण्डको महत्व हामीलाई खासै नहुन पनि सक्छ । तर ६० सेकेन्ड विश्वका रोचक घटनाहरुका लागि निकै महत्वपूर्ण सावित हुने गरेको छ । विश्वमा केवल ६० सेकेण्ड भित्रैमा यस्ता धेरै घटनाहरु हुन्छन् जो सुन्दैमा अनौठा तथा कल्पनै गर्न नसकिने खालका हुन्छन्।
बजफीड, लिस्ट २५ लगायतका वेबसाइटहरुका अनुसार दुनियमा १ मिनेट भित्रमा यस्ता यस्ता घटना हुन्छन्ः
· विश्वमा हरेक एक मिनेटमा भोकमरीका कारण १८ जना बच्चाको मृत्यु हुन्छ ।
· विश्वमा हरेक एक मिनेटमा १५ जना अपांग बच्चा जन्मिन्छन् ।
· विश्वमा हरेक एक मिनेटमा १६० जना मानिसको मृत्यु हुन्छ ।
· चर्चित ब्राण्ड नाइकले हरेक एक मिनेटमा ३८ लाख रुपैयाँ मुनाफा कमाउँछ ।
· हरेक मिनेटमा ५५ हजार ब्यारेल तेलको प्रयोग हुन्छ ।
· मानिसहरुले एक मिनेटमा औषतमा १२ पटक परेला झिम्क्याउँछन् ।
· एक मिनेटमा पृथ्वीमा ३६० पटक चट्यांग पर्दछ ।
· पृथ्वीमा रहेकेा ९६ करोड टन पानी हरेक मिनेटमा वाफ बनेर उड्दछ ।
· हरेक मिनेटमा दुनियाभर ४५ सय गोटा म्याकडोनाल्डका बर्गर खाइन्छ । रासस