• शनिबार, १५ बैशाख, २०८१
  • ०४:२०:४१

'ऐना झ्यालको पुतली' अस्कर अवार्डका लागि सिफारिस 

  • Netizen Nepal
  • मंगलबार, ४ असोज, २०७९- ०८:०८:००/ Tuesday 09-20-22

नेटिजन संवाददाता 
काठमाडौँ, ४ असोज। नेपाली चलचित्र 'ऐना झ्यालको पुतली' सन् २०२३ मा घोषणा हुने ९५ औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड) का लागि सिफारिस भएको छ ।

एकेडेमी अफ् मोशन पिक्चर आटर्स एन्ड साइन्सेसले प्रदान गर्ने यो अवार्डका लागि नेपालबाट ऐना झ्यालको पुतली सिफारिस भएको हो । प्रतिस्पर्धामा रहेका चलचित्र 'प्रकाश' र 'राधा' लाई पछि पार्दै 'ऐना झ्यालको पुतली' सिफारिस भएको हो ।  

प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बनावटसमेतलाई मध्यनजर गरी अवार्डमा नेपालको प्रतियोगीका रूपमा सामेल गराउनका निम्ति 'ऐना झ्यालको पुतली' लाई छनोट गरिएको जनाइएको छ ।

सुजित बिडारीको लेखन तथा निर्देशन रहेको यो चलचित्र अहिले दोस्रो हप्तामा प्रदर्शनरत छ ।