• शुक्रबार, २१ असोज, २०७९
  • ०२:३९:२९

क्यानाडाको संसद्मा गीता महोत्सव

  • Netizen Nepal
  • मंगलबार, ४ असोज, २०७९- ११:४७:००/ Tuesday 09-20-22

नेटिजन संवाददाता

काठमाडौँ, ४ असोज। क्यानडामा अन्तर्राष्ट्रिय गीता महोत्सव आयोजना गरिएको छ । त्यस अवरसमा क्यानडाको संसद् हाउस अफ कमन्सका सदस्य चन्द्र आर्यले नोभेम्बरलाई हिन्दू सम्पदा महिनाका रूपमा मनाउने विधेयकमा जोड दिनुभयो । 

उहाँले क्यानडाको सामाजिक एवम् आर्थिक विकासमा हिन्दू क्यानडालीले गरेको योगदान र क्यानडाली समाजमा उनीहरूले गरेको सेवालाई क्यानडा सरकारले मान्यता दिनुपर्ने बताउनुभयो । 

भारत सेवाश्रम सङ्घ क्यानडाले जारी गरेको विज्ञप्तिअनुसार क्यानडाको संसद्मा भदौ ३१ देखि असोज २ गते सम्म गीता महोत्सव आयोजना गरिएको हो । महोत्सवको समापन शोभायात्राका समापन गरिएको थियो ।