• मंगलबार, १९ मङ्सिर, २०८०
  • ११:३२:३८

यस्ता छन्, मोवाइल फोनसम्बन्धि रोचक तथ्यहरु

  • Netizen Nepal
  • शुक्रबार, ११ कार्तिक, २०७९- १६:४९:००/ Friday 10-28-22

नेटिजन संवाददाता 
काठमाडौँ, ११ कात्तिक । प्रविधिको तिव्र विकाससंगै हाल विश्वभर नै मोवाइल फोनको प्रयोग बढ्दो छ । त्यसैले नै बजारमा पनि नयाँ नयाँ कम्पनी र मोडेलको सस्ता र महंगा दुवैथरी फोनहरु प्रशस्तै भेट्न सकिन्छ ।  मोवाइल फोनको सहि सदुपयोग गर्नाले यसबाट निकै फाइदा लिन सकिन्छ भने सहि सदुपयोग नभएमा विभिन्न किसिमका हानि नोक्सानी समेत ब्यहोर्नुपर्छ । पछिल्लो समय बालबालिकामा मोवाइल एडिक्सनको समस्या पनि त्यसको ज्वलन्त उदाहरण हो ।     

मोवाइल फोनका केहि रोचक तथ्यहरु छन् जुन धेरैलाई थाहा नहुन सक्छ ।

यस्ता छन्, मोबाइल फोनका रोचक तथ्यहरु: 

–     विश्वभर सय जनामा ८० जनाले मोबाइल फोन प्रयोग गर्छन्। 
–     सन् १९७३ मा सबैभन्दा पहिलो मोबाइल फोन बनाइएको थियो। जुन मोटोरोला कम्पनीको थियो। 
–     नोकिया ११०० फोन अहिलेसम्मको सबैभन्दा २५० मिलियन प्रतिभन्दा बढी बिक्री भएको फोन हो। 
– मलेसियामा मोबाइलबाट टेक्स्ट म्यासेज गरेर डिभोर्स दिन सकिन्छ। जुन कानुनी रूपमा मान्य छ।  
– फिनल्यान्डमा मोबाइल फोन फ्याँक्ने खेल आधिकारिक रूपमा खेलिन्छ। 
–     ट्वाइलेटको ह्यान्डलभन्दा मोबाइल फोनमा १८ गुणा ज्यादा ब्याक्टेरिया हुन्छन्। 
–     मोबाइल फोन प्रयोग गर्ने व्यक्तिले औसतमा प्रतिदिन सय पटकभन्दा बढी मोबाइल लक–अनलक  गर्छन्। 
–     ब्रिटेनमा प्रतिवर्ष १ लाखभन्दा बढी मोबाइल फोन ट्वाइलेटमा झर्छन्। 
–     मोटोरोला कम्पनीका एक कर्मचारी मार्टिन कपुरले ३ अप्रिल १९७३ मा पहिलोपल्ट मोबाइलमा फोन गरेका थिए। 
– मोबाइलबाट पहिलो म्यासेज नील पोप्वार्थले पठाएका थिए। जसमा लेखिएको थियो ‘म्यारी क्रिसमस’।