• आइतबार, ११ मङ्सिर, २०७९
  • १२:०९:३९

आगोले जलेर बालकको मृत्यु

  • Netizen Nepal
  • बिहीबार, २४ कार्तिक, २०७९- ११:३६:००/ Thursday 11-10-22

नेटिजन संवाददाता 

काठमाडौँ, २४ कात्तिक। तनहुँको भिमाद नगरपालिका–७ अर्चलेमा आगोले जलेर एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा नौ वर्षीय सुभाष थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरको भान्साकोठामा आगो ताप्ने क्रममा गत कात्तिक २१ गते जलेर घाइते भएका थापाको उपचारका क्रममा पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा गएराति मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।