• आइतबार, २३ मङ्सिर, २०८१
  • ०७:४७:०१

बाला चतुर्दशी के हो, किन छरिन्छ शतविज ? 

काठमाडौँ।  प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै मनाइने पशुपतिनाथ मेला आज मनाइँदै छ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड सुरू हुन्छ । त्रयोदशीको दिउँसोदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् ।


मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै सद्बीज छर्छन् ।

  “भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ”, उहाँले भन्नुभयो ।

यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो रात शुक्रबार दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बस्छन् । शुक्रबार रातभर दीपदान गरी बसेका भक्तजनले शनिबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।  प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्ने वैदिक सनातन हिन्दू धर्मशास्त्रीय परम्परा छ ।  

शतवीज ( हाल सप्तबीज) भन्नाले पितृ उद्धारकालागी धार्मीक बनहरु जस्तै कैलाश डाँडा, श्लेष्मान्तक बन अनि अन्य बनहरुमा गई छर्ने अन्नहरु पर्दछ । शतबीज  (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गरिन्छ ।  

तर  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम शतबीज भन्नाले हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्ने अरू अन्न होइन भन्नुहुन्छ ।

“भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ”, उहाँले भन्नुभयो ।

यसरी शतवीज छर्नकालागी चर्तुदशीभन्दा एकदिन अगाडिनै अर्थात त्रयोदशीकै दिन राती दिवङ्गत पितृको नाममा घरमै, शिवालय या शक्तिपीठमा बत्ती बालेर  जाग्रामवसेर भजन किर्तन गरी भोलीपल्ट विहानै स्नान गरेर चोखोनितो बनेर मात्र शतवीज छर्ने चलन छ । यस पृथ्वीलोकमा छरिएको शतवीज पितृहरुको लोकमा पितृहरुले पाउँछन् भन्ने विश्वास छ ।  

बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसैबखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसैबेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।

 

के हो बाला चतुर्दशी  ? 

 यो पर्व नेपाली संस्कृतिको एक महत्वपूर्ण अंग हो र वैदिक सनातन धर्मावलम्बीहरूले यसलाई हर्षोल्लासका साथ मनाइने गरेको पाइन्छ । बालाचतृर्दशीको सम्बन्ध पशुपतिनाथसँग रहेको कुरालाई हिमवत्खण्ड, नेपाल माहात्म्य तथा शिवपुराणहरूले वर्णन गरेका छन् । हिमवत्खण्डको ४२ अध्यायमा यस पर्वको उत्पत्ति परम्पराको बारेमा उल्लेख छ ।

यहाँ उल्लेख भए अनुसार  मृगरूप लिएर भगवान् शिवले जहाँ जहाँ घुमे, खाए, सुते, हिँडे र विहार गरे त्यो पुण्यक्षेत्र भएकाले त्यहाँ सप्तधान्य (शतबीज) छर्दा प्राणीको जीवनका लागि महत्वपूर्ण सहयोग हुने र यसबाट ठुले पुण्य प्राप्ति हुने बताएको छ । उल्लेख भए अनुसार  यस दिन यस क्षेत्रमा  मानव जातिले छरेको एक गेडा अन्न बराबर एक तोला सुन दान गरेको पुण्य मिल्ने धार्मिक विश्वास  रहेको छ । 

शतबीज त्यस वर्ष दिवंगत भएका आफन्तको कामना गरी छर्ने चलन छ । यो लगातार तीन वर्षसम्म छर्ने र तीन वर्षमा चर्तुष्ठी गरी होम गर्ने चलन पहिले देखि  रहँदै आएको छ ।  जनश्रुतिअनुसार कैलाशबाट भगवान् शिव श्लेष्मान्तक वनमा आई अत्यन्त आकर्षक मृगरूप धारण गरी वर्षौ वर्ष बितेको पत्तै भएन, जसले गर्दा  पार्वती तथा अनय देवीदेवताहरूलाई ठूलो चिन्ता पर्यो। यसै अवस्थामा दिव्य दृष्टिले हेर्दा त भगवान् मृगरूप धारण गरी पशुपति क्षेत्रमा वन विहार गरी रहेको देवी पार्वतीले थाहा पाइन् । 

शिवरूपी मृगलाई चिन्न र आकर्षण गर्न पार्वतीले विभिन्न किसिमको बीज छरिन्  र  केही हप्तापछि छरिएका बीजहरू उम्रिएर हरियो घाँस भएपछि मृगहरू लोभिएर आउन थाले । आएका मृगमध्ये मृगरूपी भोलेबाबालाई चिन्न पार्वतीलाई सजिलो भयो । यसरी देवी पार्वतीद्वारा सुरुआत भएको शतबीज छर्ने प्रथा कालान्तरमा  मानव संस्कृति  बन्यो र अहिले पनि निरन्तरता पाइरहेको छ ।  

यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसैबखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसैबेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।

त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसैबखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्फत उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।

आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो । 

 पशुपतिमा बाला चतुर्दशीका अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको पनि सदस्य सचिव थापाले जानकारी दिनुभयो । पशुपतिनाथको मेलाका लागि काठमाडौँ महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गर्ने भएको छ । यस्तै मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई अनुरोध गरिएको छ । बाला चतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । 

 

पशुपतिमा बाला चतुर्दशीको तयारी 

  बाला चतुर्दशी पर्वका अवसरमा यस वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ । विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरिएको कोषले जनाएको छ ।

भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो । तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कानुनी कारबाही गर्ने निर्णय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको व्यवस्थापन बैठकले गरिसकेको उहाँले जानकारी दिनुभयो ।

बाला चतुर्दशी पर्वका लागि नेपाली सेनाले पाँच वटा ठूला पाल उपलब्ध गराएको छ । बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ । 

दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउँसो दुई बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । नाम दर्ता गरेर बत्ती बाल्नेका लागि कोषले रु दुई हजार १०० का दरले शुल्क लिएको छ । शुक्रबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आआफ्ना बाल बच्चालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ ।

पशुपतिमा बाला चतुर्दशीका अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको पनि सदस्य सचिव थापाले जानकारी दिनुभयो । पशुपतिनाथको मेलाका लागि काठमाडौँ महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गर्ने भएको छ । यस्तै मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई अनुरोध गरिएको छ । बाला चतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।