निर्वाचन भएको चौथो दिनमा मतपेटिका ढुवानी (फोटोफिचर)
- Netizen Nepal
- बुधबार, ७ मङ्सिर, २०७९- १५:१९:००/ Wednesday 11-23-22
नेटिजन संवाददाता
काठमाडौँ, ७ मङ्सिर। हिमाली जिल्ला हुम्लामा मतदान गरेको चार दिनपछि बल्ल मतपेटिका सदरमुकाम लैजाने तयारी भएको छ। चुनावको केहि दिन अघि मात्र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन भएको ३ दिनमा प्रत्यक्ष तर्फको मतपरिणाम सार्वजनिक गरिसक्ने जनाए पनि केहि ठाउँमा भने हालसम्म मतपेटिका ढुवानी समेत हुन सकेको छैन।
भौगोलिक विकटताका कारण यातायातको सुविधा नहुँदा हिमाली जिल्ला हुम्लामा समयमै मतपेटिका पुग्न नसकेको हो।
हुम्लामा मतपत्र ढुवानी गर्दै गरेका केहि दृश्य:
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्न नसकेर सर्केगाड गाउँपालिका मै रोकिएका मतपेटिका
हुम्लाको दक्षिणी भेगबाट हेलिकप्टरमा राखेर मतपेटिका सिमकोट विमानस्थल लगिँदै
सिमकोट विमानस्थलमा ल्याइएको मतपेटिका
फोटो : रासस