• शनिबार, २८ असार, २०८२
  • ०२:३४:२२

झापा ३ बाट राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन निर्वाचित 

  • Netizen Nepal
  • बिहीबार, ८ मङ्सिर, २०७९- १६:३५:००/ Thursday 11-24-22

नेटिजन संवाददाता 
काठमाडौँ, ८ मङ्सिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गर्दै लिङ्देन लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो।

लिङ्देनले ४० हजार ६ सय ४८ मत पाउँदा सिटौलाले ३७ हजार ३ सय ७२ मत पाएका छन।