• बिहीबार, १३ बैशाख, २०८१
  • ०६:१६:३९

धादिङ–१ को प्रदेशसभा–२ मा शालिकराम जम्कट्टेल विजयी

  • Netizen Nepal
  • बिहीबार, ८ मङ्सिर, २०७९- १६:४७:००/ Thursday 11-24-22

नेटिजन संवाददाता 
काठमाडौँ, ८ मङ्सिर। धादिङ क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्कट्टेल विजयी हुनुभएको छ । नेकपा (एमाले) का गजेन्द्र थपलियालाई सात हजार चार सय २५ मतअन्तरले पराजित गर्दै जम्कट्टेल विजयी हुनुभएको हो ।

यो प्रदेशसभा निर्वाचन क्षेत्रमा कूल ३५ हजार नौ सय पाँच मतगणना हुँदा प्रारम्भिक मतपरिणामअनुसार जम्कट्टेलले १९ हजार नौ सय तीन मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी एमालेका थपलियाले १२ हजार चार सय ७८ मत प्राप्त गर्नुभएको छ ।

जम्कट्टेल २०७४ को निर्वाचनमा पनि यही प्रदेशबाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँले बागमती प्रदेश सरकारमा दुई वटा मन्त्रालय सम्हालिसक्नुभएको छ ।