• बिहीबार, १३ बैशाख, २०८१
  • ०३:०६:४०

घरमा आगलागी हुँदा १० जनाको मृत्यु, नौ जना घाइते

  • Netizen Nepal
  • शुक्रबार, ९ मङ्सिर, २०७९- ११:०३:००/ Friday 11-25-22

नेटिजन संवाददाता 

काठमाडौँ, ९ मङ्सिर। उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरु नौ जना घाइते भएका छन् ।

 एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर ती व्यक्तिको ज्यान गएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार बिहीबार राति सो दुर्घटना भएको हो । 

उरुम्कीको नियानसाब जिल्लामा बिहीबार राति करिब ८ बजे एक व्यक्तिको निजी घरमा आगो सल्किएको थियो ।

यहाँका स्थानीय अधिकारीले दिएको जानकारी अनुसार राति १०ः३५ मा मात्र आगो नियन्त्रणमा लिइएको थियो । यस अगलागीको कारणका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।