• शनिबार, १५ बैशाख, २०८१
  • ०७:२०:५७

स्याङ्जा २ मा पद्मा अर्याल र धनराज गुरुङको लफडाको वास्तविकता के हो ? 

  • Netizen Nepal
  • शनिबार, १० मङ्सिर, २०७९- १८:४३:००/ Saturday 11-26-22

ध्रुब शर्मा 
काठमाडौँ, १० मङ्सिर । मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अधिकांश क्षेत्रहरुको मतपरिणाम सार्वजनिक भइसकेको छ । केहि क्षेत्रहरुमा मतगणना जारि छ । विभिन्न अवरोधका कारण निर्वाचन रोकिएको ठाउँमा निर्वाचन कार्य पनि हुँदैछ । निर्वाचन सकिएर मतगणना कार्य रोकिएको स्याङ्जा २ मा भने अझै अन्यौल छ । 

त्यसैले पनि अहिले क्षेत्र नम्बर -२ स्याङ्जा धेरैको चासोको विषय बनेको छ । निर्वाचनका सबै गतिविधि नजिकबाट नियाल्दै गर्दा यथार्थ भन्दा बढी भ्रम छारिएको छ । त्यहाँको वास्तविकता यस्तो छ: 

१. यो निर्वाचन क्षेत्रमा दुई ठुला पार्टी नेपाली कांग्रेसको केन्द्रिय उपसभापति र नेकपा एमालेको केन्द्रिय सचिवबीच प्रतिस्पर्धा भएकोले जिल्लाबासी मात्रै होइन आम देशबासीले चासोका साथ हेर्नु र यसमा सबैको ध्यान जानु स्वभाविक हो ।

२. पद्मा अर्याल अहिलेको राजनीतिमा चल्ता फुर्ता महिला नेतृ हुन् । अर्यालले कांग्रेस उपसभापति गोपालमान श्रेष्ठलाई हराएर चर्चित भएझैं हालका उपसभापति धनराज गुरुङलाई पनि हराएर थप चर्चित हुन, एमालेको शक्ति आफ्नो पकडमा लिन र यदि एमाले सरकारमा गए शक्तिसाली मन्त्रालय फुस्काउने दाउमा साम,दाम, दन्ड, भेद सबै शस्त्र अस्त्र प्रयोग गरि चुनावमा होमिएकी हुन् । 

३. मतदान समयावधिभरी हाँसीखुशी, बिना झैझगडा आम मतदाताहरुले  मतदान प्रक्रियामा सहभागी भै शान्तिपूर्ण मदतान सम्पन्न गरि आफ्ना पार्टीको एजेन्टहरुबाट मुचुल्का उठाइ मतदान केन्द्रबाट मतगणना केन्द्रमा बाकस बुझाएर चाबी लगाइ एउटा चाबी आफैंले लिएर गएको ठाउँमा अनेक तिक्डम गरेपनी पुन: निर्वाचन हुँदैन र निर्वाचन आयोगले मुचुल्का उठाएर मतपेटिका बुझाइसकेपछी  बाकसमा झरेका मत नै अन्तिम मत हुन् र जुन हालतमा पनि यिनै मतगणना हुन्छ भन्ने कुरामा उनि स्पष्ट छिन् । किनकि यसको उदाहरण बझाङमा एमालेको उमेद्वार  ऐन महरको वडामा ८५० मत रहेको ठाउँमा ८५० मत झरेको र ८५० नै एमालेलाई झरेको छ ।  ८५० मतदाता भएको ठाउँमा १००% नै एउटै पार्टीलाई झरेको ठाउँमा पनि आयोगलाई पुन: मतदानको माग गर्दा निर्वाचन आयोगले पुन: निर्वाचन नगराइ बाकसमा झरेको मत नै अन्तिम मत भनी त्यसैलाई सदर गरिसकेको छ ।

४. पद्मा अर्याललाई  यो थाहा छ कि ती ४ वटा मतदान केन्द्र नेपाली कांग्रेसको पकड रहेको ठाउँ हो । त्यहाँ कुनै हालतमा एमालेले आफ्नो जित निकाल्न सक्दैन र त्यहाँ उनले फरक रणनीति अनुरुप नेपाली कांग्रेसका एजेन्टहरुलाई नै लोभ्याएर आफ्नो मत हातमा ल्याउने र कांग्रेसको मत कटाएर एमालेको मत बढाउने खेलो गरिन् । त्यो  रणनीति दिनभरी सफल भएको तर राती ९ बजेपछी बल्ल त्यो रणनीति सफल हुन नसकेको निष्कर्ष निकालिन् र अब जनतामाझ भ्रम छरेर बितण्डा मच्चाउने र आफ्नो इज्जत जोगाउनुपर्छ भन्ने निष्कर्षसहित मतगणना प्रक्रिया रोक्ने निर्णयमा पुगिन् ।

निष्कर्ष: दिनभरी चुनाव जितेको र साँझ पार्टीको समिक्षा हुँदा उनको मनोबिज्ञानले चुनाव हारेको र ती चारवटा बुथमा आफ्नो रणनीतिले काम नगरेको  निष्कर्षसहित अब कथनकथाचित चुनाव जितिहाले कांग्रेसले बुथ क्याप्चर गर्दा गर्दै पनि चुनाव जितें र हारे भने म जनताको मतले हैन बुथ क्याप्चर गरि हराइएको हो भन्ने सन्देश आम जनतालाई, आफ्नो पार्टीको नेतालाई दिन चाहन्छिन् र एमालेमा आफ्नो पकड राखिरहन चाहन्छिन् । यस्को लागि उनले अन्य जिल्लाको भिडियोहरु सामाजिक संजालमा फालेर हुन या जिउँदो मान्छेलाई मरेको बानाएर हुन जनतालाई भ्रम छरिरहेकी छ्न् । अब जति जे तिक्डम गरेपनी कुनै पनि हालतमा पुनः निर्वाचन हुँदैन । सम्भवत: भोलि या पर्सि देखि मतगणना सुरु हुनेछ ।

जित कस्को भन्ने कुरा मत बाकसमा छन् । गणना गरेपछीनै थाहा हुनेनैछ । अब जतिसक्दो छिटो मत गणना गरेर जस्को हार जित भएपनि जनताको मतको कदर गर्नु सबैको हित हुनेछ ।