• शुक्रबार, ७ बैशाख, २०८१
  • ०५:१३:४८

निन्द्रामा बर्बराउने बानी छ ? यसो गर्नुहोस् 

  • Netizen Nepal
  • शुक्रबार, १६ मङ्सिर, २०७९- १८:२३:००/ Friday 12-02-22

नेटिजन संवाददाता 
काठमाडौँ, १६ मङ्सिर । केही मानिसलाई निद्रामा कुरा गर्ने बानी हुन्छ । राति सुतेका बेलामा बर्बराउनुलाई 'सोम्नीलोकी' भनिन्छ । यो कुनै रोग होइन तर यसरी निद्रामा बर्बराउँदा तपाईंसँगै सुत्ने मानिसलाई अप्ठ्यारोचाहिँ हुन सक्छ ।

बर्बराउने मानिसले निद्रामै अचम्मको व्यवहार देखाउँछ र उसले बर्बराएको प्रस्ट नबुझ्न पनि सकिन्छ । केहि मानिसहरू आधी मिनेट जति बर्बराएर उनीहरू चुप लाग्छन् भने केहि व्यक्तिहरु ठुलो आवाजमा धेरै बेरसम्म पनि केहि भनिरहेका हुन्छन् ।  

विद्यालय जाने बच्चाहरूमाथि गरिएको एक अध्ययन अनुसार तीनदेखि दश वर्षका बच्चाहरूलाई निद्रामा बर्बराउने बानी हुन्छ । तर दश प्रतिशतभन्दा कम बच्चा दिनदिनै राति बर्बराउँछन् । ठूलो हुँदै गएपछि यो समस्या समाधान हुँदै जान्छ । यसका लागि केहीपनि गरिरहनु पर्दैन ।

जनसंख्याको लगभग एक प्रतिशत वयस्कलाई यस्तो बानी लाग्ने विज्ञान बताउँछ । यसरी बर्बराउने मानिसको अवचेतन मनका कुरा थाहा लाग्ने हुनाले बर्बराहट सुन्न मजा नै आउँछ भन्ने धारणा छ । तर निद्रा विशेषज्ञ माइकल ब्रेउस चाहिँ निद्रामा बोलेको कुराको कुनै अर्थ छैन र यसलाई ध्यान दिनु वा विश्लेषण गर्नु बेकार हो भन्छन् । ‘निद्रामा बोलेको कुराले केही चीजको संकेत गर्ने वा अवचेतन मनको रहस्य खोल्ने भन्ने विषयमा कुनै आँकडा भेटिन्न,’ उनले भने । निद्रामा बर्बराउने मान्छेले आफ्ना सबै रहस्य खोल्छन् भनी सोच्नु मूर्खता भएको उनको भनाइ छ । तर यसले पर्याप्त निद्रा नपुगेको संकेत चाहिँ दिन्छ ।

कारणहरु र समाधानका उपाय:  

  • तनाव, अवसाद, दिनको थकान, रक्सी सेवन र ज्वरोका कारण पनि निद्रामा बोल्ने बानी लाग्ने अनुसन्धानकर्ताहरु बताउँछन् । 
  • परिवारमा कसैलाई निद्रामा कुरा गर्ने बानी छ भने अन्य सदश्यमा पनि यस्तो हुनसक्छ  ।
  • निद्रासम्बन्धी रोग छ भने पनि बर्बराउने समस्या हुन्छ  । कहिलेकाहीं बर्बराउनु चाहिं सामान्य हो तर हरेक दिन यस्तो हुनु भने मानशिक समस्याको लक्षण पनि हो । त्यसैले मनोविदको सल्लाह लिनु उचित हुन्छ ।  
  • मानसिक तनाव लिने र अत्यधिक सोच्नाले पनि यस्ता समस्या आउन सक्छन् । मनलाई शान्त राख्ने र योग र ध्यान गर्नुपर्छ । 
  • आफूसँग सुतिरहेको मानिसलाई आफूले बर्बराउने बित्तिकै उठाइदिन लगाउने । एजेन्सीबाट । 
  •