• शनिबार, १२ श्रावण, २०८१
  • ०८:१८:४३

यस्ता छन डार्क सर्कल हटाउने घरेलु उपाय 

  • Netizen Nepal
  • सोमबार, १९ मङ्सिर, २०७९- १३:४४:००/ Monday 12-05-22

नेटिजन संवाददाता 
काठमाडौँ, १९ मङ्सिर। सामान्यतया शरीरमा पोषक तत्वको कमी, अनिदो, कमजोरी, तनाव तथा हर्मोनजन्य गडबडीका कारण आँखाको तलपट्ट कालो घेरा देखिन्छ जसलाई हामी डार्क सर्कल भन्दछौ।

डार्क सर्कल हाम्रो सुन्दरतासँग जोडिएको कुरा हो। यसले हाम्रो अनुहारको सुन्दरतामा ठुलो असर पुर्याउदछ। जसले गर्दा यो धेरैको चिन्ताको बिषय बन्न पुग्दछ। 

तर केहि घरेलु उपायद्वारा हामी डार्क सर्कलबाट मुक्त हुन सक्छौ:

-एउटा काँचो आलु लिनुहोस् र त्यसको जुस बनाउनुहोस् । उक्त रसलाई कपासको सहयोगले आँखामुनिको कालो घेरा अर्थात् डार्क सर्कलमा लगाउनुहोस् । १०-१५ मिनेटसम्म मज्जाले सुक्न दिनुहोस्  र मनतातो पानीले मुख धुनुहोस् । दिनमा दुइपटक यस्तो गर्नाले १० दिनमै डार्क सर्कल कम हुन्छ ।

-एक चम्चा कागतीको रस र एक चम्चा गोलभेँडाको रस मिलाएर कालो घेरामा लगाउनुहोस् र १० मिनेटपछि धुनुहोस् । लगातार केही दिनसम्म दिनहुँ यहीँ प्रक्रिया दोहोराउनुहोस् ।

-दिनमा दुइपटक १ चम्चा कागतीको रस डार्क सर्कलमा मज्जाले लगाउने र १० मिनेटपछि धुने ।

-आँखाको तल डार्क सर्कल भएको ठाउँमा नरिवलको तेलले मज्जाले मालिस गर्नाले पनि डार्क सर्कल कम हुन्छ ।