• बिहीबार, २७ मङ्सिर, २०८१
  • ०४:२९:१६

कुन राशिका महिलाहरु छिटो प्रेममा पर्छन्  ? 

काठमाडौँ । भनिन्छ, केटी मान्छेको मन कमलो हुन्छ । उनको स्वभाव भावनात्मक रुपमा अझ धेरै दयालु र अरुलाई पनि छिटो विश्वास गर्ने खालको हुन्छ । त्यसैले नै महिलालाई प्रेमको खानीका रुपमा पनि चित्रित गर्ने गरिन्छ । समुन्द्र शास्त्रका अनुसार महिला या पुरुष छिटो प्रेममा पर्नका लागि उसको राशिले पनि प्रभाव पार्छ । त्यसो त कुन राशिका महिलाहरु छिटो प्रेममा पर्छन् ? जानीराखौं ।   


मेष राशि

मेष राशिका केटीहरुलाई उनीहरुको हरेक कुरामा ओके भन्ने केटाहरु मनपर्छ  भन्ने पनि छैन । उनीहरुलाई मनाउनको लागि ट्रिक चाहिन्छ । यसको मतलब मेष राशिका केटीहरुलाई आफ्नो प्रेममा पार्न त्यति सजिलो छैन ।

बृष राशि

बृष राशिका केटीहरु सुन्दर हुन्छन् । यस राशिका केटीहरु साथमा रहन कुरा गर्न मन पराउँछन् र अनुभवी पनि हुन्छन् । तर उनीहरुलाई बुझ्न भने गाह्रो पर्छ । यस राशिका केटीहरुलाई प्रेममा पार्न अलि मुस्किल हुन्छ ।

मिथुन राशि

मिथुन राशिका केटीहरु खुला ह्रृदयका हुन्छन् । यिनीहरुको कुरा गर्ने तरिका निकै नै राम्रो हुन्छ । यो राशिका केटीहरुलाई सबैले मन पराउँछन् । तपाईं मिथुन राशि भएकी केटिलाई मन पराउँदै हुनुहुन्छ वा प्रपोज गर्दै हुनुहुन्छ भने तपाईं पनि खुला मन भएको हुनुपर्छ ।

कर्कट राशि

कर्कट राशिका केटिहरु धेरैजसो घुलमिल गर्दैनन् । यिनीहरु आफैँ अनुमान लगाउने खालका हुन्छन । यदि आफुलाई मनपर्ने कुनै कर्कट राशिका केटी भए तपाईले होसियारी अपनाउनुपर्ने हुन्छ, यदि यसो भएन भने तपाईको कुरो बिग्रिन सक्छ ।

सिंह राशि

सिंह राशिका केटीहरु जहिले पनि अरुमाथि आफ्नो शासन चलाउन  चाहान्छन् । यिनीहरु अरुभन्दा अलि घमण्डी हुन्छन् । यिनीहरु हरेक ठाँउमा आफ्नो छुट्टै पहिचान बनाउँछन् र सबैको नजरमा परेका हुन्छन् । सिंह राशिका केटीहरुलाई प्रभावित पार्न त्यति सजिलो छैन, यदि सिंह राशिका केटी तपाईको प्रेममा छन् भने उनिहरु सधैँ आकांक्षी हुन्छन् ।

कन्या राशि

कन्या राशिका केटीहरु बढि सिद्धान्तबादी हुन्छन् । यस राशिका केटीहरु धेरै घरेलु हुन्छन्,  यिनीहरुलाई साथी बनाउन सजिलो छैन र यिनीहरुलाई बुझ्न पनि समय लाग्छ ।

तुला राशि

तुला राशिका केटीहरु सर्बगुण सम्पन्न हुन्छन् । ज्योतिषका अनुसार यिनीहरुलाई एक फरक किसिमको केटाहरु चाहिन्छ । यिनीहरुलाई तारिफ गरेको मनपर्छ । यो राशिका केटीमाथी प्रभाव पार्न तपाईं एकदम समझदार हुनुपर्छ ।

बृश्चिक राशि

बृश्चिक राशिका केटीहरु त्यति रिसाहा हुदैनन् तर भावुक पनि हुदैनन् । यदि तपाई कोही बृश्चिक राशिको केटीलाई मनपराउनु हुन्छ भने उसलाई कहिल्यै बेवास्ता गर्नुहुँदैन ।

धनु राशि

धनु राशिका केटीहरुलाई घुम्न एकदमै मनपर्छ । यस राशिका केटीहरुलाई हिम्मतवाला केटाहरु एकदम मनपर्छ र दिक्कलाग्दो मान्छेहरुसँग टाढा नै रहन चाहान्छन् । धनु राशिका केटीहरुमाथि प्रभाव पार्नको लागी तपाईंमा प्रतिभाशाली र सक्षम हुनुपर्छ ।

मकर राशि

मकर राशिका केटीहरु एकदमै स्वाभिमानी हुन्छन् । यिनीहरु आफ्नो काम आफैँ गर्न मन पराउँछन् । मकर राशिका केटीहरु सामान्यतया शान्त स्वभावका हुन्छन् तर मायाप्रेमको मामलामा खासै चासो राख्दैनन् । उनीहरु कुनै प्रेम सम्बन्धमा पर्नुभन्दा पहिला आफ्नो र आफ्नो हुनेवालाको बारेमा एकदमै सोच्दछन् ।

कुम्भ राशि

कुम्भ राशिका केटीहरु समझदार हुन्छन् । यदि तपाईं अलिकति समझदार हुनुभयो भने तपाईंलाई  कुम्भ राशिको केटीलाई प्रभावित पार्न कुनै अप्ठ्यारो हुने छैन ।

मीन राशि

मीन राशिका केटीहरु एकदम रोमान्टिक हुन्छन् र छिट्टै मायाप्रेममा पर्छन् । यस राशिका केटीहरुलाई  प्रभाव गर्न त्यति गाह्रो पर्दैन । मीन राशिका केटीहरुलाई सपना र चलचित्रमा जस्तो मायाप्रेम मनपर्छ ।