• बुधबार, २६ भदौ, २०८१
  • ०८:५७:४६

धेरै कसम खाने मानिस इमान्दार हुन्छन् !

काठमाडौँ । मनोविज्ञानमा एउटा भनाइ , 'जसरी व्यक्ति फरक फरक हुन्छ, त्यसरी नै उनीहरुको सोच भिन्न हुन्छ ।' अनुहारजस्तै दिमाग, सोच्ने तरिका र व्यवहार पनि अलग अलग हुन्छ । मानिसका बारेमा केहि तथ्यहरु यस्ता छन् ।    

  • मानिसले जस्तो कपडा लगाउँछन्, उनीहरूको मुड पनि त्यो दिन त्यस्तै हुन्छ। 
  •  जो मानिस धेरै कसम खान्छन्, उनीहरूमध्ये प्रायःजसो इमान्दार हुन्छन्। 
  •  यदि तपाईं कसैलाई केही सुनाउँदै हुनुहुन्छ, उ चुप लागेर मात्रै बसिरहेको छ भने बुझ्नुहोस्, उसलाई तपाईंको कुरा मन परिरहेको छैन। 
  • जसले अरूको कुभलो चिताउँछ, उसमा आत्मविश्वासको कमी हुन्छ। 
  • ८० प्रतिशत मानिस नकारात्मक विचारबाट छुटकारा पाउन संगीत सुन्छन्। 
  • नकारात्मक विचार मनमा ल्यायो भने मानिस बिरामी भएजस्तै महसुस गर्छन्। 
  • कुनै मुर्खतापूर्ण प्रश्नको उत्तर तुरुन्त दिनसक्नेको दिमाग अन्य मानिसको भन्दा तन्दुरुस्त हुन्छ। 
  • हामी अरुका लागि जति खर्च गर्छौ, त्यत्ति नै खुसी रहन्छौं। 
  • यदि कोही नङ टोक्दैछन् भने बुझ्नुपर्छ उनीहरू तनावमा छन्।
  • जीवनको १८ देखि ३३ वर्षको उमेरका मानिस सबैभन्दा धेरै तनावमा रहन्छन्। 
  • कुनै पनि मानिसलाई प्रेममा पर्न लगभग ४ मिनेट नै काफी हुन्छ। 
  • हास्यकलाकार अन्य व्यक्तिको तुलनामा ज्यादा उदास हुन्छन्। धेरै हाँस्नेहरू चोट पनि सहन सक्ने क्षमताका हुन सक्छन् । 
  • आधाभन्दा बढी समय हाम्रो दिमागले यादहरू दोहोर्‍याइरहन्छ।
  • यदि हामीले कुनै चिज बिर्सियौं भने आँखा बन्द गरेर केही समय सम्झिने कोसिस गरेमा छिटो याद आउँछ । 
  • यदि कसैले हामीलाई बेवास्ता गर्‍यो भने शरीरले त्यही रसायन उत्पादन गर्छ जुन चोटपटक लाग्दा उत्पादन हुन्छ । 
  • ज्ञानी मानिस आफूलाई अज्ञानी मान्छन्। तर, बुझ्नेले उनलाई गुरु स्वीकारीसकेका हुन्छन्। 
  • अचेलका मानिस जति चिन्ता गर्छन्, १०० वर्ष अगाडि त्यत्ति चिन्ता लिनेलाई दिमागी बिरामी भनिन्थ्यो। 
  • यदि कसैले तपाईंलाई केही सोध्नु थियो, भन्यो भने हालसालै गरिएका सबै नराम्रा कामको याद तुरुन्तै दिमागमा आउन थाल्छ । 
  • मानिसहरूले तपाईंका बारेमा राम्रो कुरा सुने भने केही न केही शंका गर्छन् । तर, नराम्रो कुरा सुन्दा तुरुन्तै विश्वास गर्छन् । 
  • यदि कोही सिरानी च्यापेर सुत्न मन गर्छ भने उ एक्लोपन महसुस गर्दैछ भन्ने बुझ्नुपर्छ। 
  • सानो कुरामा पनि रुनेको मन नरम हुन्छ। 
  • खुसीको आँसु दाहिने र दुःखको आँसु देब्रे आँखाबाट आउँछ। 
  • जो मानिस गाली गरेको सजिलै बुझ्न सक्छन्, उनीहरूमध्ये धेरैजसो अन्य व्यक्तिको दिमाग पढ्न सक्षम हुन्छन्।