किन केटीहरुलाई दारीवाला केटा मन पर्छ ?
- नेटिजन संवाददाता
- बिहीबार, २० मङ्सिर, २०८१- १२:०५:००/ Thursday 12-05-24
काठमाडौँ। केटीहरुहरुलाई दारी नपालेका भन्दा दारी पालेका केटा बढी मनपर्छ । त्यसो त आजकलका केटाहरुको पनि दारी पाल्ने फेसन नै भइसक्यो । दार्ही पाल्दा खेरि आफ्नो छुट्टै आकर्षण रहने प्राय: केटाहरुमा रहदै आएको छ ।
केटीहरुहरुलाई प्रभावित पार्नका लागि केटाहरु हरेक प्रकारका कोशिसहरु गर्ने गर्छन् । तर, हालै गरिएको एक अनुसन्धानले केटीहरु दारी भएका केटाहरुतर्फ आकर्षित हुने बताएको छ । केटीहरुलाई दारी पालेका केटाहरु मनपर्ने कारण यस्तो छ ।
इमेज बलियो हुन्छ
केटीहरुका अनुसार दारीका कारण केटाहरुको बलियो इमेज बन्ने गर्छ । हल्का दारीवाला केटाहरु देख्दा धेरै केटीहरुको नजर केहीबेरका लागि उनीहरुमै अडिने गर्छ ।
क्लासिक तथा रोमान्टिक
केटीहरुलाई लाग्छ दारी भएका केटाहरु धेरै नै रोमान्टिक हुने गर्छन् । उनीहरुसँग साथ बिताउन केटीहरुलाई एकदमै मनपर्छ । उनीहरुको क्लासि लुक्समा पनि प्राय: केटीहरुको आँखा रहने गरेको छ ।
म्याचुरिटी देखाउँछ
हरेक केटी आफुले मन पराएको केटा परिपक्क होस् भन्ने चाहान्छन् । उनीहरुलाई लाग्छ दारी राख्ने केटाहरु धेरै परिपक्क हुन्छन् । यस्ता केटाहरुप्रति केटीहरु क्रेजी हुने गर्छन् । मानिन्छ कि केटीहरुलाई क्लिन सेभ गरेका भन्दा हल्का दारी पालेका केटाहरु बढी परिपक्क लाग्छन् । यसैकारणले पनि केटीहरुलाई बियर्ड लुक बनाएका केटाहरु बढी मन पराउँछन् ।
मर्दको निशानी
धेरै केटीहरुलाई लाग्छ दारी हुने केटाहरु मर्द हुन् । यस विषयमा किताबी अध्ययन गरेका कारण पनि उनीहरु यसबिच बलियो सम्बन्ध रहेको उनीहरु बताउने गर्छन् ।
हट
कुनै समय क्लिन सेभ गरेका केटाहरु केटीहरुलाई हट लाग्थ्यो भने आजकल भने दारी पालेका केटाहरु हट लाग्न थालेको छ ।
आर्कषण
केटीहरुलाई क्लिन सेभ गरेका भन्दा दारी पालेका युवकले चाँडै नै आर्कषण गर्छन् ।
फेसनमा पनि छ बियर्ड लुक
आजकल फेसनमा पनि बियर्ड लुक छ र केटाहरु आफैँलाई पनि दारीवाला लुक्स मनपर्छ ।
समझदार देखिन्छन्
यस्तो मानिन्छ कि बियर्ड लुक भएका केटाहरु क्लिन सेभ गरेका केटाहरुभन्दा अलि बढी समझदार देखिन्छन् ।
ह्यान्सम देखिन्छन्
केटीहरुको अनुसार उनीहरुलाई क्लिन सेभ गरेका केटाभन्दा हल्का दारी पालेका केटा बढी ह्यान्सम लाग्छन् ।