• आइतबार, २३ मङ्सिर, २०८१
  • ०९:५४:४३

फोनको प्याटर्न वा पासवर्ड बिर्सिएमा कसरी खोल्ने ? 

काठमाडौँ। कहिलेकाहीं फोनमा आफुले राखेको पासवर्ड आफैंले भुलिन्छ ।  यस्तोमा फोनलाई अनलक गर्न समस्या हुन्छ । यदि आफ्नो फोनको पासवर्ड वा प्यार्टन भुलियो भने के गर्ने ? आत्तिनु पर्दैन, एउटा सामान्य ट्रिक लगाउनुभयो भने तपाईंले पासवर्ड वा प्याटर्न लक गरिएको आफ्नो फोन सहजै खोल्न सक्नुहुन्छ । तर यसो गर्दा फोनमा रहेका डाटाहरू भने सबै डिलिट हुन्छन् । 


फोनको पासवर्ड वा प्याटर्न बिर्सीएमा के गर्ने ? 

- लक भएको फोनलाई रिकभरी मोडमा लैजानुपर्दछ । यसका लागि फोनलाई स्वीच अफ गरेर एक मिनेटसम्म पर्खिनुहोस् ।
- त्यसपछि पावर बटन र भोल्यूम डाउन बटनलाई एकसाथ थिच्नुहोस् । त्यसपछि फोन रिकभरी मोडमा जान्छ ।
- त्यहाँ तपाईंले Factory Reset को अप्सन छनोट गर्नुपर्दछ ।
- त्यसपछि सबै डाटा हटाउनका लागि Clear Cache अप्सन छान्नुहोस् ।
- केहीबेरपछि तपाईंले पुनः फोन खोल्नु पर्दछ । यो ट्रिकको सहयोगले तपाईंले पासवर्ड, प्याटर्न तथा पिनविना नै फोन अनलक गर्न सक्नुहुन्छ ।