• शुक्रबार, १४ बैशाख, २०८१
  • ०७:४१:३४

मोवाइल नभेटिएपछि फाइभजी परीक्षण रोकियो 

  • Netizen Nepal
  • शनिबार, २३ पौष, २०७९- ०८:०९:००/ Saturday 01-07-23

नेटिजन संवाददाता 
काठमाडौँ, २३ पुष । प्रयोग गर्न मिल्ने मोबाइलको सीमितताले फाइभजी परीक्षण केही ढिला सुरु हुने भएको छ । यसअघि पुस १७ गते (जनवरी १) परीक्षणको तयारी गरिए पनि फाइभजी प्रयोग गर्न मिल्ने मोबाइल नै कम भएपछि नेपाल टेलिकमले तोकिएको समयमा सुरु गर्न सकेको थिएन ।

यद्यपि परीक्षणका लागि आवश्यक प्रणालीको परीक्षण भने सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । टेलिकमका प्रवक्ता सोभन अधिकारीका अनुसार फाइभजी ‘सपोर्ट’ गर्ने मोबाइलको उपलब्धता अध्ययन गरेपछि यसको परीक्षण सुरु हुनेछ ।

टेलिकमका अनुसार आन्तरिक रूपमा गर्नुपर्ने सबै परीक्षण भइसकेको छ । तर परिक्षणपछि मोवाइल सेट नै थोरै रहेको पाइएको छ ।   टेलिकम अहिले भने बजारमा २६ सय मेगाहर्ज ब्यान्ड सपोर्ट गर्ने मोबाइलको उपलब्धताको सर्वेक्षणमा जुटेको छ । त्यसका आधारमा अबको केही हप्तामै यसको सार्वजनिक परीक्षण सुरु गरिने प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।