• शुक्रबार, ७ बैशाख, २०८१
  • ०४:१३:३४

त्रिभुवन आर्मी सेमिफाइनलमा

  • Netizen Nepal
  • शुक्रबार, २९ पौष, २०७९- १६:४७:००/ Friday 01-13-23

नेटिजन संवाददाता

काठमाडौँ, २९ पुस। साताैँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लवले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा आर्मीले समूहको अन्तिम खेलमा एपिएफलाई ३-२ को सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । यस खेलसँगै उक्त च्याम्पियनसिपअन्तर्गत महिलातर्फ खेलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

खेलमा पहिलो सेट आर्मीले २५-२० ले जितेको थियो । तर दोस्रो र तेस्रो सेट एपिएफले क्रमशः २५-१९ र  २५-१३ ले जितेको थियो । तर आर्मीले चौथो र पाँचौ सेटमा क्रमशः २५-२२ र १५-५ को जित निकाल्दै आर्मी समूह विजेता बन्यो भने एफिएफ उपविजेता बन्यो ।

अब सेमिफाइनलमा आर्मीले न्यू डायमण्ड युथ स्पोर्टस क्लबको सामना गर्नेछ । त्यस्तै अर्को सेमिफाइनल खेलमा एपिएफ र नेपाल पुलिस क्लब भिड्नेछन् । दुवै सेमिफाइनल खेल भोलि हुनेछन् । च्याम्पियनसिपको महिला र पुरुषतर्फको विजेता टोलीले रु चार लाख पाउनेछ भने उपविजेताले रु दुई लाख तेस्रो हुने टोलीले रु एक लाख पाउने आयोजकले जानकारी दिएको छ ।