पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना
- Netizen Nepal
- आइतबार, १ माघ, २०७९- ११:३२:००/ Sunday 01-15-23
नेटिजन संवाददाता
काठमाडौँ, १ माघ। पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना भएको छ ।बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेको जहाज पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।
कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो।
विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ। जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार रहेको बताइएकाे छ ।
घटनास्थलमा आगो निभाउने प्रयास भइरहेको छ । थप उद्दारका लागिघटना स्थलतर्फ हेलिकोप्टरमा उद्दार टोलीसमेत जाँदै छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।