• शनिबार, १५ बैशाख, २०८१
  • ०४:३०:०२

यू–१९ विश्वकप छनोटमा १४ सदस्य टोलीको घोषणा

  • Netizen Nepal
  • सोमबार, ९ माघ, २०७९- १७:२९:००/ Monday 01-23-23

नेटिजन संवाददाता 
काठमाडौँ, ९ माघ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी यू–१९ विश्वकप छनोटका लागि १४ सदस्य टोलीको घोषणा गरेको छ । क्यानले संयुक्त अरब इमिरेट्स (यूएई) मा आगामी फेब्रुअरी अन्तिममा हुने एसियाली देशको छनोट खेलका लागि अन्तिम टोलीको घोषणा गरेको हो ।

मुख्य प्रशिक्षक जगत टमाटाले प्रशिक्षणमा रहेका २८ खेलाडीबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई टोलीमा समावेश गरेको क्यानले जनाएको छ । यू–१९ टोलीमा आठ खेलाडीले पहिलो पटक स्थान बनाएका छन् । टोलीमा सिनियरमा खेलिसक्नुभएका देव खनाल, गुलशन झा, अर्जुन कुमाल, दीपेश कँडेल, विशाल विक्रम केसी र दुर्गेश गुप्तालाई समेत समावेश गरिएको छ । चारजना खेलाडीलाई वैकल्पिकमा राखिएको छ ।

कप्तानको टुङ्गो पछि लगाइने बताईएको छ । छनोट खेलमा नेपाल, यूएई, हङकङ, कुवेत, मलेसिया र सिङ्गापुरबीच प्रतिस्पर्धा हुनेछ । छनोट खेलको विजेता टोलीले २०२४ मा श्रीलङ्कामा आयोजना हुने यू–१९ विश्वकप खेल्ने अवसर पाउनेछ । 

नेपाली टोली 

आकाश त्रिपाठी, अर्जुन कुमाल,  दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा हुनुहुन्छ । चार वैकल्पिक खेलाडीमा प्रज्वल थापा, तुलबहादुर थापा,निर्मल थापा र राजेश यादव हुनुहुन्छ ।