• शुक्रबार, १४ बैशाख, २०८१
  • ०३:२९:४८

कृषि फर्ममा आगलागी हुँदा १२ लाखको क्षति

  • Netizen Nepal
  • मंगलबार, १० माघ, २०७९- ११:३०:००/ Tuesday 01-24-23

नेटिजन संवाददाता 
काठमाडौँ, १० माघ। कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ इमिलियाको कृषि फर्ममा आगो लाग्दा २९ बाख्राको मरेका छन् ।

सोमवार राती ११ः३० बजे भएको आगलागीमा अनुमानित १२ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका वरिष्ठ प्रहरी नायब निरीक्षक दीपेन्द्रराज गिरीले बताउनुभयो ।

एक वर्ष अगाडि वीरेन्द्र थापा र मञ्जु थापाले सञ्चालन गरेको टी एन्ड टी एकीकृत कृषि तथा पशुपन्छी फर्ममा आगलागी भएको थियो । बिक्री तयारीको अवस्थामा रहेका १७ बाख्रा, १ बोयर बोका, २ लोकल बोका र ९ पाठा पाठी जलेर मरेको बाख्रा रहेको वीरेन्द्र थापाले बताउनुभयो । आगलागीले बाख्रा खोरमा पनि क्षति पुर्याएकाे बताइएको छ ।