• शुक्रबार, १४ बैशाख, २०८१
  • ०२:४९:३६

 नेपाल राष्ट्र बैंकका सस्थापक गभर्नर राणाको निधन   

  • Netizen Nepal
  • आइतबार, २२ माघ, २०७९- ०९:४१:००/ Sunday 02-05-23

नेटिजन सम्बाददाता 
    काठमाडौँ, २२ माघ।  नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आउनुभएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना हुनुभएको थियो ।    

    

हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील हुनुहुन्थ्यो । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।